बालविवाहलाई अनुमति दिने कानुन ल्याएपछि यसको विरूद्धमा इराकभर विरोध प्रदर्शन भइरहेको छ। विवाहको उमेर घटाउने विवादास्पद कानुन इराकको संसदमा पेश भएपछि विवाद सुरु भएको हो। महिलाले ९ र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न प्रस्ताव संसदमा पेश भएपछि इराकभर विरोध प्रदर्शन भइरहेको छ।
यसको महिला अधिकारकर्मीहरुले आलोचनासमेत गर्दै विरोध प्रदर्शन गरेका हुन्। यदि यो विधेयक पारित भयो भने, बालविवाह र यौन शोषण बढ्ने किशोरीहरूको शिक्षा र स्वास्थ्यमा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरिएका छन्।
मानव अधिकारीवादी संघसंस्था, महिला अधिकार समूह र नागरिक समाजका अभियन्ताहरूले यो विधेयकको कडा आलोचना गरिरहेका छन्। यसले बालिकाहरूको शिक्षा, स्वास्थ्य र समृद्धिमा नकारात्मक असर गर्ने, विद्यालयको पढाइ बिचमै छाड्नेको सङ्ख्या बढाउने र सानो उमेरमै गर्भधारण गर्ने किशोरीको सङ्ख्या बढाउने र घरेलु हिंसाका घटना पनि बढ्ने चेतावनी उनीहरूले दिइरहेका छन्।
इराकमा अहिले नै २८ प्रतिशत केटीले १८ वर्ष नपुग्दै बिहे गर्ने गरेको युनिसेफले जनाएको छ। हालको इराकी कानुनमा विवाहका लागि १८ वर्ष उमेर तोकिएको छ। इराकको कानुन मन्त्रालयले संसदमा पेश गरेको विधेयकमा विवाहका लागि धार्मिक कानुन वा फौजदारी कानुन रोज्ने अधिकार दिइएको छ।-एजेन्सी ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।