शनिबार, फाल्गुन १०,२०८१ 09:55:37
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:55:37
IME remit
Global IME Bank Limited

तुलसीराम ढकाल भन्छन्-‘अमेरिकामा बैंक डुब्दैमा नेपाललाई कुनै असर गर्दैन’

‘बैंकहरु कर्जा प्रवाह गर्नसक्ने अवस्थामा छन् तर चर्को ब्याजदरमा ऋण लिने अवस्था छैन’

Hyundai Nepal
तुलसीराम ढकाल भन्छन्-‘अमेरिकामा बैंक डुब्दैमा नेपाललाई कुनै असर गर्दैन’
Nabil Bank Limited

– प्रकाश न्यौपाने

काठमाण्डौ । अमेरिकामा धमाधम बैंकहरु डुब्न थालेपछि विश्व बजारमा हलचल मच्चिरहेको छ। अहिले विश्वभर चासोको विषय नै अमेरिकी बैंकिङ सेक्टर बनेको छ। 

विश्वकै ठूलो अर्थतन्त्रको बैंकिङ सेक्टरमा देखिएको समस्याले मन्दीको त्रास पनि उत्तिकै बढेको छ। रुस–युक्रेन युद्ध निम्त्याइरहेको मन्दीलाई अमेरिकाको बैंकिङ सेक्टरमा परेको प्रभावले थप बल पुगिरहेको विश्व बजारका जानकारहरु बताउँछन्।

नेपालमा पनि केही दिनयता अमेरिकी बैंकहरु डुबेको विषयमा निकै चर्चा चलिरहेको छ। यही कारणले सेयर बजारका लगानीकर्ताको मनोबल पनि कमजोर बनेको देखिन्छ। फलस्वरुप यो साताको सुरुआती २ दिनको कारोबारमा बजारमा गिरावट आयो। आज भने बजारमा झिनो सुधार देखिएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भने अमेरिकामा बैंकहरु डुबेको खबरले नेपालको सेयर बजारमा कुनै पनि असर नपर्ने बताउँछन्। ‘यो खबरले लगानीकर्तामा त्रास देखियो, त्यसैले १–२ दिन बजार घट्यो’, उनले भने, ‘आज बजार सम्हालिएको छ। यसको प्रभाव लगभग सकिएको छ।’

अमेरिका र नेपालको बैंकिङ सेक्टरबीच कुनै सम्बन्ध नरहेको पनि ढकालले प्रस्ट पारे। ‘हाम्रो देशका बैंकहरु सुरक्षित र मजबुत छन्’, उनले भने, ‘किनकि सन् २००८ मा विश्वमा मन्दी आउँदा परेको प्रभावलाई मध्यनजर गर्दै राष्ट्र बैंकले नीतिगत सुधार गरी बैंकहरुलाई मजबुत बनाउन मर्जरको व्यवस्था ल्याएको थियो। केही बैंकहरु मर्जरमा पनि गइसकेका छन्। त्यसैले नेपालमा बैंक डुब्लान् भन्ने कुरामा कसैले शंका नगरे हुन्छ।’

पछिल्लो समय नेपालको अर्थतन्त्र सुधार हुँदै गएको राष्ट्र बैंकले भर्खर सार्वजनिक गरेको प्रतिवेदनले पनि देखाएको ढकाल बताउँछन्। ‘पछिल्लो समय रेमिट्यान्स भित्रिने क्रम बढेको छ। विदेश मुद्राको सञ्चिति पनि बढेको छ’, उनले भने।

अहिले सेयर बजारलाई प्रभाव पार्ने नीति, चर्को ब्याजदर र राजनीतिक घटनाक्रमले बजारले गति लिन नसकेको ढकाल बताउँछन्। ‘सेयर कर्जामा लगाइएको १२ करोडको क्याप र कर्जामा कायम गरिएको १५० को जोखिम भारको व्यवस्था तत्काल हटाउनुपर्छ’, उनले भने, ‘बजारमा संस्थागत लगानीकर्तालाई सहज ढंगले लगानी गर्न पाउने वातावरण बनाएमा बजारले गति लिन्छ।’

ढकालले कर्जाको ब्याजदर घटाउनुपर्ने बताए। ‘अहिले चर्को ब्याजदरमा ऋण लिएर लगानी गर्ने अवस्था छैन’, उनले भने, ‘त्यसैले कर्जाको ब्याजदर घटेमा सहज ढंगले कर्जा लिने वातावरण बन्छ र त्यो पैसा लगानी गरेपछि बजार पनि लयमा फर्किन्छ।’

अहिले तरलता सहज हुँदै गएकोले बैंकहरु कर्जा प्रवाह गर्न सक्ने अवस्थामा पुगेको पनि ढकाल बताउँछन्। ‘राज्यले पौडी खेल्न समुद्र देखाइदिने तर हातगोडा बाँधेर जा भन्ने काम गरेको छ’, उनले भने, ‘त्यसैले चर्को ब्याजदर ऋण लिएर कसरी लगानी गर्न सकिन्छ ?’ 

उपराष्ट्रपतिको चुनावपछि सरकारले पूर्णता पाउने र राजनीतिक स्थिरता कायम हुने भएकोले केही दिनभित्रै बजार सकारात्मक ढंगले अगाडि बढ्ने ढकालको भनाइ छ। 

Shivam Cement
CG Motors
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.