बुधबार, माघ ३०,२०८१ 06:53:47
IME remit
  • बुधबार, माघ ३०,२०८१ 06:53:47
IME remit
Global IME Bank Limited

माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको व्यापारिक उत्पादन फागुन मसान्तभित्र सुरु हुने

Hyundai Nepal
माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको व्यापारिक उत्पादन फागुन मसान्तभित्र सुरु हुने
Nabil Bank Limited

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको ईङवा हाइड्रोपावर लिमिटेडको व्यापारिक उत्पादन आगामी फागुन मसान्तभित्र सुरु हुने भएको छ ।  

पाँचथर जिल्लामा अवस्थित ईङवा खोलामा निर्माण भैरहेको ९.७ मेगावाट क्षमतको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको निर्माण कार्य ईङवा हाइड्रोपावर लिमिटेडबाट भैरहको छ । 

Bizshala
CG Motors
Sagarmatha Cement

रन अफ रिभर प्रकृतिको यस आयोजनाको निर्माण कार्य २०७७ साल माघ १  गतेबाट सुरु भई २०८० साल श्रावण मसान्तमा सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भैरहेको अवस्थामा २०८० साल असार १ र २ गते नेपालको पूर्वि भूभागमा गएको भिषण बाढी पहिरोको कारणले आयोजनामा केही क्षति पुगेको थियो ।  

उक्त क्षतिपश्चात कम्पनीले पुननिर्माणको कार्य तीब्र गतिमा सम्पन्न गरि २०८० साल फागुन मसान्तभित्र विद्युत उत्पादन गर्ने अवस्थामा पुर्याएको जनाएको छ । आयोजनाबाट उत्पादित विद्युतशक्ति १६ किमि लामो  ३३ केभि डबल सर्किट प्रसारण लाइन मार्फत अमरपुर सवस्टेशनमा जडान  गर्ने कार्य सम्पन्न भएको छ । 

ईङवा हाइड्रोपावर लिमिटेडमा अपि पावर कम्पनी लिमिटेडले  १५ करोड बराबरको संस्थापक सेयर लगानी गरेको हो । आयोजना निर्माण पश्चात अपि पावर कम्पनी लिमिटेडलाई यो आयोजनाबाट राम्रो मुनाफा हुने व्यहोरा अपि पावर कम्पनी लिमिटेडका संचालक द्धारिका प्रसाद न्यौपानेले बताए ।

माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजना मिति २०८० साल माघ १९ गते ड्राई टेस्ट परिक्षण सफल रुपमा सम्पन्न गरी ट्रान्समिशन लाईनलाई चार्ज गर्ने कार्य आगामी १  सातामा सम्पन्न हुने जानकारी ईङवा हाईड्रोपावर लिमिटेडका वित्त प्रबन्धक गोकुल पाण्डेले बताए ।  

आयोजनामा न्भउउभचत ब्गकतचष्ब न्ःद्यज्  बाट आयात गरिएको अत्याधुनिक  प्रविधिको युरोपेली मेसिन जडान गरिएको छ । आयोजनामा  ग्लोवल आईएमई बैंक  लिमिटेड तथा नविल बैंक लिमिटेड को लगानी रहेको छ । 

आयोजनाको अनुमानित कुल लागत रु. २०६ करोड रहेको छ । ईङवा हाईड्रोपावर लिमिटेडमा संस्थापक सेयर रु. ४२  करोड तथा आईपीओ मार्फत बाँडफाँड भएको सर्वसाधारण तर्फको सेयर रु. १८ करोड गरि जम्मा चुक्ता पूँजी रु.६० करोड रहेको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.