शनिबार, आश्विन ३१,२०८३ 05:28:14
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 05:28:14
Bizshala
Global IME Bank Limited

ईङ्वा हाइड्रोपावरको घाटा ५६८% ले बढ्यो, रिपोर्ट आएकै दिन सेयरमूल्यमा भने अपर सर्किट

Bizshala
ईङ्वा हाइड्रोपावरको घाटा ५६८% ले बढ्यो, रिपोर्ट आएकै दिन सेयरमूल्यमा भने अपर सर्किट
New Office

काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडको घाटा ५६८.०५ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ४९ लाख ५५ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।  

अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको घाटा जम्मा ७ लाख हजार ४१ हजार रुपैयाँ थियो । कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत चैत २८ गतेदेखि ७.९ मेगावाटको अपर ईङ्वा खोला स्मल हाईड्रोपावरबाट विद्युत उत्पादन सुरु गरेको छ ।    

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीको यो अवधिसम्म ८ करोड ८३ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । अघिल्लो आवसम्म कम्पनीको कुल खर्च ७ लाख ४१ हजार रुपैयाँ मात्रै थियो ।  

कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँबराबर रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १३ करोड ३९ लाख र कुल चालु दायित्व ५१ करोड ४० लाख रुपैयाँ रहेको छ ।  

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण गरिएको )०.८३ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९७.६१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५४४.८५ गुणा ऋणात्मक र तरलता अ नुपात ०.२६ प्रतिशत कायम भएको छ ।  अधिकांश सूचकमा कमजोर देखिएपनि आज यो कम्पनीको सेयरमूल्यमा भने अपर सर्किट लागेको छ । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ६२५ रुपैयाँ पुगेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.