काठमाण्डौ । परराष्ट्रमन्त्री डा. आरजु देउवा र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीबिच भूमि र सहकारी क्षेत्रका समस्याको ठोस समाधानका विभिन्न विकल्पबारे छलफल भएको छ । बुधवार (आज) भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा भएको भेटमा आ-आफनो मन्त्रालयमा देखा परेका समस्या समाधानका लागि राजनीतिक तहमा र मन्त्रालयगत तहमा मिलेर पहल गर्ने दुई मन्त्रीबीच छलफल भएको हो।
अव बन्ने भूमि आयोग गठन, सहकारी क्षेत्रको समस्या समाधानका लागि अधिकारसम्पन्न नियामक निकाय गठनलगायतको बिषयमा छलफल भएको छ।
मन्त्री अधिकारीको पहलमा राजनीतिक सहमतिका आधारमा अदालतमा दायर भएको मुद्दा फिर्ता लिएर नयाँ आयोग गठनको गृहकार्य सुरु भएको जनाइएको छ।
भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयारी गरेको हो ।