बिहीबार, आश्विन ३,२०८१ 07:55:20
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 07:55:20
IME remit
Global IME Bank Limited

जीवन बीमा कम्पनीले कमाए पौने ६ अर्ब रुपैयाँ नाफा, बृद्धिदरमा सिटिजन लाइफ अघि

इपीएस कुनको कति ?

Hyundai Nepal
जीवन बीमा कम्पनीले कमाए पौने ६ अर्ब रुपैयाँ नाफा, बृद्धिदरमा सिटिजन लाइफ अघि
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले पौने ६ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका १४ जीनव बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा ५ अर्ब ७३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका छन् । जीवन बीमकहरुले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा १५.१९ प्रतिशतले बढी हो । अघिल्लो आवमा जीवन बीमा कम्पनीहरुले ४ अर्ब ९७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका थिए । गत आर्थिक वर्षमा तीन जीवन बीमा कम्पनीको मात्रै नाफा घटेको छ भने बाँकी ११ वटा बीमकले नाफा बढाएका छन् । 

गत आवको अन्त्यसम्म सर्वाधिक नाफा कमाउनेमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ६३ करोड ३८ लाख रुपैयाँ नाफा कमाएर सर्वाधिक नाफा आर्जन गर्ने जीवन बीमक बन्न सफल भएको छ । त्यस्तै, सन नेपाल लाइफले ५७ करोड ४९ लाख, आइएमई लाइफले ५१ करोड ४५ लाख, नेपाल लाइफले ५१ करोड ३९ लाख, मेट लाइफले ५० करोड ४१ लाख, रिलायबल नेपाल लाइफले ४२ करोड ६३ लाख, नेशनल लाइफले ४० करोड ६३ लाख, सुर्यज्योति लाइफले ३९ करोड ६५ लाख, प्रभु महालक्ष्मी लाइफले ३६ करोड ६१ लाख, सानिमा रिलायन्स लाइफको ३५ करोड ८ लाख, एशियन लाइफको ३२ करोड ८५ लाख, एलआइसी नेपालको ३२ करोड ४७ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीको १५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

नाफा बृद्धिदरका आधारमा भने सिटिजन लाइफ अगाडी रहेको छ । अघिल्लो आवमा १० करोड २५ लाख रुपैयाँ नाफा कमाएको सिटिजन लाइफले गत आवमा २१६.५६ प्रतिशतले नाफा बृद्धि गरी ३२ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै, सुर्यज्योति लाइफले १४६.०३ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीले १४५.४५ प्रतिशत, आइएमई लाइफले १३४५.०४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले १०४.४० प्रतिशत, नेशनल लाइफले ६०.९२ प्रतिशत, सानिमा रिलायन्सले ५९.९१ प्रतिशत, एशियन लाइफले ३६.९१ प्रतिशत, नेपाल लाइफले ३०.८० प्रतिशत र रिलायबल नेपाल लाइफले २७.५७ प्रतिशतले नाफा बढाएका छन् । 

त्यस्तै, तीन कम्पनीको भने नाफा घटेको छ । सर्वाधिक एलआइसी नेपालको ६८.३४ प्रतिशतले घटेको छ । यसका साथै मेट लाइफको ३४.१४ प्रतिशत र सन नेपाल लाइफको २६.५३ प्रतिशतले नाफा घटेको छ । 

ईपीएस कुनको कति ? 

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) कति छ बुझ्न जरुरी हुन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । ईपीएस धेरै भएका कम्पनीको नाफा आर्जन क्षमता बलियो हुने भएकाले दोस्रो बजारमा त्यस्ता कम्पनीको सेयरभाउ बढी हुनुपर्ने नियमले बताउँछ । तर पछिल्लो समय वित्तीय अवस्था बलियो भएका कम्पनी भन्दा कमजोर भएका कम्पनीकै सेयरभाउ बढी देखिन्छ । 

गत आवको तथ्याङ्कअनुसार सूचीकृत १२ जीवन बीमा कम्पनीहरुमा सबैभन्दा थोरै ईपीएस नेपाल लाइफको छ, तर सो कम्पनीको सेयरभाउ दोस्रो बजारमा बढी छ । कम्पनीको ईपीएस ६.२६ रुपैयाँ छ भने अन्तिम कारोबार मूल्य भने १०१० रुपैयाँ छ । गत आवको तथ्याङ्कअनुसार सर्वाधिक प्रतिसेयर आम्दानी (ईपीएस)सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको ११३.२० रुपैयाँ छ । तर कम्पनीले हालसम्म पनि साधारण सेयर जारी नगरेकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको सेयर सूचीकृत छैन । त्यस्तै, दोस्रोमा बढी सन नेपाल लाइफको ईपीएस १४.५१ रुपैयाँ छ, तर कम्पनीको इपीएस अघिल्लो आवको तुलनामा २०.४३ रुपैयाँले घटेको छ ।

अघिल्लो आवमा कम्पनीको इपीएस ३४.९४ रुपैयाँ थियो । त्यस्तै, आइएमई लाइफको १०.२९ रुपैयाँ, एशियन लाइफको ९.६६ रुपैयाँ, रिलायबल नेपाल लाइफको ९.१९ रुपैयाँ, एलआइसी नेपालको ९ रुपैयाँ, सुर्यज्योति लाइफको ८.७२ रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ८.५२ रुपैयाँ, सानिमा रिलायन्स लाइफको ८.३८ रुपैयाँ, सिटिजन लाइफको ८.२५ रुपैयाँ, नेशनल लाइफको ८.११ रुपैयाँ, हिमालयन लाइफको ७.९० रुपैयाँ र नेपाल लाइफको ६.२६ रुपैयाँ रहेको छ ।

 

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.