काठमाण्डौ। आईएमई लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेलले कार्यभार सम्हालेका छन्। मर्जरपछि आईएमई र जीएमई रेमिटले बुधबारदेखि एकीकृत कारोबार सुरु गरेसँगै पौडेलले कार्यभार सम्हालेका हुन्।
जिम्मेवारी सम्हाल्दै उनले प्रतिस्पर्धी बजारमा अझै स्तरीय तथा विस्तारित रेमिट्यान्स सेवा प्रदान गर्न थप योगदान दिने बताए। डिजिटल रेमिट्यान्सको अवधारणालाई मुख्य प्राथमिकतामा राखेको र डिजिटल रेमिट्यान्स तर्फको रुपान्तरणले आईएमईको सेवालाई थप चुस्त र सुलभ बनाउने उनको प्रतिबद्धता छ।
समग्र रेमिट्यान्स सेवालाई थप सरल, सहज एवम् थप प्रविधियुक्त बनाउँदै डिजिटल रुपान्तरणलाई थप तीव्रता दिने उनको भनाइ छ ।