शुक्रबार, असार १३,२०८२ 07:18:38
  • शुक्रबार, असार १३,२०८२ 07:18:38
Global IME Bank Limited

लेखा समितिको सभापति विपक्षी दललाई दिनुपर्ने माओवादीको माग

Hyundai Nepal
लेखा समितिको सभापति विपक्षी दललाई दिनुपर्ने माओवादीको माग
Nabil Bank Limited

काठमाण्डौ । माओवादीले सार्वजनिक लेखा समितिको सभापति पद विपक्षी दललाई दिनुपर्ने माग गरेको छ । समितिको आइतबार बसेको बैठकमा माओवादीले यस्तो माग गरेको हो ।  

बैठकमा माओवादी सांसद लेखनाथ दाहाल र अमनलाल मोदीलेले लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिन आग्रह गरेका थिए । माओवादीको उक्त मागलाई एमालेले प्रतिवाद गरेको छ भने अर्को सत्ताधारी दल कांग्रेसले भने राजनीतिक सहमतिका आधारमा यो विषयको टुङ्गो लाउनु पर्ने बताएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

 हाल लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल छन् । सभापति चयनका बेला एमाले प्रमुख प्रतिपक्षी दल थियो । एमालेले असार अन्तिमदेखि सत्ताको नेतृत्व गरिरहेको छ ।  

लेखा समितिको सभापति पद प्रतिपक्षले माग्नुलाई एमालेका सांसद योगेश भट्टराईले  माग्नुलाई ‘बेतुकका कुरा’ भनेका छन् । यस्तै एमाले सांसद गोकुल बाँस्कोटाले लेखा समिति सभापति माग्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि परिवर्तन गर्नुपर्ने तर्क गरे ।  

कांग्रेस सांसद अर्जुननरसिंह केसीले भने माओवादी सांसदहरूले उठाएको विषय सैद्धान्तिक रूपमा सही भएको बताए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.