शुक्रबार, मंसिर ७,२०८१ 12:21:56
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 12:21:56
IME remit
Global IME Bank Limited

खल्तीले ल्यायो ‘कार सुरक्षा’: रु ९९९ मै रु २० हजार भन्दा बढीका सेवाहरु,सवारीसाधन इन्स्योरेन्स गर्नेका लागि निःशुल्क

Hyundai Nepal
खल्तीले ल्यायो ‘कार सुरक्षा’: रु ९९९ मै रु २० हजार भन्दा बढीका सेवाहरु,सवारीसाधन इन्स्योरेन्स गर्नेका लागि निःशुल्क
Nabil Bank Limited

काठमाण्डौ । डिजिटल वालेट ‘खल्ती’ले नाडा अटो शो २०२४ मा ‘कार सुरक्षा’ नामक आफ्नो नयाँ सुरक्षा प्याकेज सार्वजनिक गरेको छ। विभिन्न कार सम्बन्धी सेवा सुविधाहरू प्रदान गर्ने यस प्याकेजका लागि वार्षिक रु ९९९ मात्र शुल्क लाग्ने छ। प्रयोगकर्ताहरूले २० हजार भन्दा बढीको आफ्नो कार सम्बन्धी सेवाहरू साथै खल्तीका थप आकर्षक सुविधाहरूको लाभ लिन सक्नेछन्।

सवारी सम्बन्धी विभिन्न सामग्रीहरूका साथ निःशुल्क ब्लुबुक नवीकरण सेवा, निःशुल्क हरियो स्टिकर सेवा, आपत्कालीन रोड साइड सहायता र नवीकरणका कागजात डेलिभरी समावेश भएको ‘कार सुरक्षा’ सब्स्क्राईब गर्दा प्रयोगकर्ताहरूले विभिन्न सवारीसाधन सेवा प्रदायकहरूमा ५० प्रतिशतसम्मको छुट पनि प्राप्त गर्न सक्नेछन् । 

उक्त सेवा प्रदायकहरूमा कार मर्मत सेवा , कार डिटेलिङ , कार धुने सेवा, टायर सम्बन्धी सेवादेखि लिएर ड्राइभर र सवारीसाधन भाडामा लिने सेवाहरू सम्मका छुटह्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Bizshala
Shivam Cement
CG Motors

खल्तीबाट आफ्नो सवारीको इनस्योरेन्स गर्ने प्रयोगकर्ताहरूका लागि कार सुरक्षा निःशुल्क रहेको समेत खल्तीले जनाएको छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘खल्ती ब्लुबुक नवीकरण सेवामा ग्राहकहरूको उत्साहलाई मध्यनजर गर्दै, सवारीको मर्मतसम्भारमा रहेको आर्थिक भारको चुनौतीलाई कम गर्ने उद्देश्यका साथ खल्तीले ‘कार सुरक्षा’ नामक बजेट फ्रेन्ड्ली प्याकेज उपलब्ध गराएको छ। हामीले प्रयोगकर्ताहरूका लागि खल्तीको तर्फ बाट ब्लुबुक नवीकरण, हरियो स्टिकर सेवा प्रदान गर्नुको साथै विभिन्न सवारीसाधन सेवा प्रदायकहरू सँग सहकार्य गर्दै कार मर्मत देखि थुप्रै कार सेवामा छुटको व्यवस्था गरेको छौँ। वार्षिक रु ९९९ मा सुरु हुने यस प्याकेजको सब्सक्रिब्सनबाट प्रयोगकर्ताहरूले आफ्नो कार सम्बन्धी सेवा सुविधामा भरपुर लाभ उठाउनहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।”

खल्तीले ‘खल्ती सुरक्षा’ र ‘खल्ती सुरक्षा प्लस’ नामक स्वास्थ्य सेवा सब्स्क्रिब्सन प्याकेज समेत उपलब्ध गराउँदै आइरहेको छ। सो प्याकेजमा खल्तीले ५ लाख ३० हजारसम्मको स्वास्थ्य र दुर्घटना घटना बीमा साथै १ लाख ५० हजार सम्मको विभिन्न स्वास्थ्य सेवा प्रदायकहरूमा छुट उपलब्ध गराइरहेको छ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.