काठमाण्डौ । जोमसोम–पोखरा हवाई सेवा २ महिनापछि पुनःसञ्चालनमा आएको छ । पोखरादेखि मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो। जुन २ महिनापछि आजदेखि सञ्चालनमा आएको हो ।
२ महिनापछि समिट एयरलायन्सले आज पाँचवटा उडान भरेको छ । यस्तै तारा एयरको जहाजले पनि यही भदौ १८ गतेदेखि उडान भर्ने तयारी गरेको छ। बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई सेवा पुनः सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ।