आईतवार, कार्तिक १,२०८३ 09:58:45
  • आईतवार, कार्तिक १,२०८३ 09:58:45
Global IME Bank Limited

खर्च बढ्दा अपि पावरको नाफामा ९६.५६% को पहिरो,यस्तो छ अन्य वित्तीय सूचकको अवस्था

Bizshala
खर्च बढ्दा अपि पावरको नाफामा ९६.५६% को पहिरो,यस्तो छ अन्य वित्तीय सूचकको अवस्था
New Office

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको नाफामा ९६.५६ प्रतिशतको पहिरो गएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २१ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको ६ करोड २३ लाखको तुलनामा ९६.५६ प्रतिशतले कम हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीको खर्चमा भएको वृद्धिका कारण नाफा प्रभावित बन्न पुगेको हो । कम्पनीको वित्त खर्च ११७.६५ प्रतिशतले बढ्दै २१ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।  

त्यस्तै, कम्पनीको प्रशासनिक खर्च पनि ३२ लाख २७ करोडबाट बढेर १ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीको आम्दानी भने १२६ .०९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिसम्म ६२ करोड ६६ हजार रुपैयाँबराबरको आम्दानी गरेको छ । कम्पनीले कर्मचारीको बोनसमा कटौति गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कर्मचारीको बोनसका लागि १७ लाख ८६ हजार रुपैयाँ छुट्टाएको कम्पनीले समीक्षा अवधिमा भने १ लाख ४४ हजार मात्रै छु्ट्टाएको छ । १ अर्ब ११ करोड रुपैयाँ कर्जा लिएको कम्पनीको नगद मौज्जाद १ करोड २५ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.७५ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०३.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७०.६५ गुणा कायम भएको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.