काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन् । प्रधानमनत्रीले आज काभ्रेको धुलिखेलस्थित काठमाण्डौ विश्वविद्यालयले नेपालमा पहिलो पटक भित्राएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका हुन् ।
विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो हाइड्रोजन कार र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरिएको हो ।
कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल लयाएको हो ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भइ प्रदूषण कम गर्न सहयोग हुने बताए ।