मंगलवार, श्रावण ५,२०८३ 09:41:41
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 09:41:41
Bizshala
Global IME Bank Limited

इन्जिनमा समस्या आएपछि फोर्डले ९० हजार युनिट बढी कार फिर्ता मगाउने

इन्जिनमा समस्या आएपछि फोर्डले ९० हजार युनिट बढी कार फिर्ता मगाउने
New Office

काठमाण्डौ । अमेरिकाको दोस्रो ठूलो अटो कम्पनी फोर्डले ९० हजार बढी कार बजारबाट फिर्ता मगाउने भएको छ । कम्पनीले अमेरिकी बजारबाट ९० हजार ७३६ युनिट कार फिर्ता मगाउन लागेको हो ।  

सवारीका बेला इन्जिन इनटेक भल्सहरुमा समस्या आउन सक्ने भएकाले बजारबाट फोर्डका कारहरु फिर्ता मगाउन लागिएको अमेरिकी नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनले जनाएको छ ।  

यो निर्णयबाट फोर्डका २०२१–२०२२ को केही ब्रोन्को, एफ–१५० ऐज,एक्स्प्लोलर,लिंकन नौटिलस र लिंकन एभियटर भेरियन्ट प्रभावित हुनेछन् ।  

यी कारहरुको इन्जिनलाई डिलरहरुले इन्जिन साइकल टेस्ट गर्नेछन् र आवश्यक परेमा इन्जिन समेत परिवर्तन गरिनेछ । यसका लागि कम्पनीले कुनै पनि शुल्क नलिने जनाइएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.