काठमाण्डौ । निजी वायुसेवा कम्पनी तारा एयरले पोखरा–जोमसोम उडान पुनः सुरु गर्ने भएको छ । कम्पनीले मंगलबार(भदौ १८ गते)बाट पोखरा–जोमसोम उडान पुनः सुरु गर्न लागेको हो ।
यसअघि कम्पनीले प्रतिकूल मौसमका उक्त रुटमा आफ्नो सेवा बन्द गरेको थियो । तारा एयरले १८ भदौ मंगलबारबाट नियमित गर्ने भएको हो ।
मौसम सुधार हुने क्रममा रहेको र पर्यटकको चहलपहल सुरु हुन लागेकाले पुनःनियमित उडान सुरु गर्न लागेको कम्पनीले जनाएको छ ।
मौसम अनुकूल भए दैनिक ५ उडान गर्ने गरी तालिका कम्पनीले बनाएको छ । मिलाइएको छ । यसैगरी पर्यटक सिजनका लागि तारा एयरले रामेछाप–लुक्ला– रामेछापका लागि ४ असोजदेखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।