बिहीबार, माघ १७,२०८१ 08:36:11
IME remit
  • बिहीबार, माघ १७,२०८१ 08:36:11
IME remit
Global IME Bank Limited

ओलम्पिकमा पदक दिलाउन सफल पलेशालाई एनसेलले रु. १० लाख दिने, अन्य खेलाडी र प्रशिक्षकलाई पनि १० लाख

Hyundai Nepal
ओलम्पिकमा पदक दिलाउन सफल पलेशालाई एनसेलले रु. १० लाख दिने, अन्य खेलाडी र प्रशिक्षकलाई पनि १० लाख
Nabil Bank Limited

काठमाण्डौ । पेरिसमा जारी पारालिम्पिक्स २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।  

पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरु तथा प्रशिक्षकहरुको सम्मान स्वरुप एनसेलले पलेशालाई रु १० लाख र अन्य सहभागी पारा खेलाडीहरु तथा प्रशिक्षकहरुलाई पनि थप कुल रु १० लाख पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।

Bizshala
CG Motors
Sagarmatha Cement

 

एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरुप यो सम्मानको घोषणा गरेको हो ।  

एनसेलले गत वर्ष देखि एनपीसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ ।  

‘‘म एकदमै हर्षित छु । तेक्वान्दोको यात्रा शुरु गरेको हिजामात्र जस्तो लाग्छ, त्यति बेला पारालिम्पिकको यस्तो उचाईमा पुग्छु र देशकै लागि ऐतिहासिक पहिलो पदक ल्याउनेछु भन्ने सोचेकै थिइन । मैले सपना देख्ने हिम्मत गरे र केही गर्ने मौका पाएँ र गरेरै पनि देखाएँ । मैले आफूमाथिको विश्वास कहिल्यै गुमाइनँ र त्यो सपनालाई जीवित राख्न अथक संघर्ष गरें । साँच्चै म एकदमै खुसी छु । यो पदक मेरो होइन देशको हो । नेपालको प्रतिनिधित्व गरेर यो पदक जित्न पाउँदा म आफूलाई धन्य महसुस गरिरहेकी छु ।,”  

पलेशाले आफ्नो खुसी व्यक्त गर्दै भनिन् “मेरो यस यात्रामा मैले धेरै अविश्वसनिय व्यक्तित्वहरुसँग भेटे र सबैले मेरो सफलताको लागि धेरै सहयोग गर्नुभएको छ । यस क्षणमा म मेरो परिवार, तेक्वान्दो एसोसिएसनका मेरा प्रशिक्षक लगायत एनपीसी नेपाल, मेरो स्पोन्सर्स तथा मेरो साथीहरुलाई धेरै–धेरै घन्यवाद दिन चाहन्छु । गत वर्ष एसियन पारा गेम्स् देखि मेरो परिवार जस्तै बनेको एनसेललाई उहाँहरुको साथ, हौषला र म प्रतिको दृढ विश्वासको लागि म विशेष आभारी छु । यो जित सँगै मेरो जीवनको नयाँ अध्यायको सुरुवातको लागि म उत्सुक छु ।”

पलेशा र देशको यो सफलताबाट उत्साहित बनेका एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “पलेशाको ऐतिहासिक उपलब्धि राष्ट्रिय गौरव हो । यो जित नेपालको र सम्पुर्ण पारा खेलाडीहरूको कडा परिश्रम र उत्कृष्ट प्रदर्शनको नतिजा हो ।एनपीसीसँगको सहकार्यमा पलेशा जस्ता च्याम्पियन र हाम्रा राष्ट्रिय पारा खेलाडीहरूको प्रेरणा बनेर हौसला प्रदान गर्दै हामी एक बलियो साथ दिन प्रतिबद्ध छौं ।”

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.