बुधबार, बैशाख २,२०८३ 04:42:00
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 04:42:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा, वेबसाइट चलाउँदा इन्टरनेटको पैसा नलाग्ने

Bizshala
एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा, वेबसाइट चलाउँदा इन्टरनेटको पैसा नलाग्ने
Shivam Cement

काठमाण्डौ । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्छन् ।

सधैं अनप्रति कम्पनीको प्रतिबद्धता र ग्राहकको अनुभवलाई अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुरुपम एनसेलले पुलिस रिपोर्टका लागि आवेदनदर्ताको सुविधा आफ्नो एपमा थपेको जनाएको छ । प्रयोगकर्ताहरूले पुलिस रिपोर्टको लागिसिधै एप मार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साउन २९ गतेबाट लागु हुने गरि एनसेलले नेपाल प्रहरीको वेबसाइट https://www.nepalpolice.gov.np/ लाई आफ्नो नेटवर्कमा बिना कुनै डेटा शुल्क चल्ने गरि निःशुल्क बनाएको थियो । यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदनलगायतका सेवाहरु लिनका लागि यो वेबसाइट चलाउदा इन्टरनेटको पैसा नलाग्ने भएको छ ।

यो एपलाई स्थानिय श्रम बजारमा उपलब्ध सूचना प्रविधि क्षेत्रका प्राविधिकहरुको प्रयोग गरेर अद्यावधिक गरिएको छ र यसले ग्राहकहरूलाई विभिन्न सेवा, सुविधाका बारेमा जानकारी प्रदान गर्दछ ।

यो एप लामो वा छोटो समयका लागि देश बाहिर रोमिङमा रहेका नेपालीहरुक लागि पनि एकदमै महत्व राख्ने कम्पनीले जनाएको छ । रोमिङका बेलामा ग्राहकहरुले सजिलै रिचार्ज गर्न, प्याकहरु किन्न र आफू देश बाहिर भएपनि सहजै सम्पर्कमारहन सक्छन् । ग्राहकहरुले सजिलैसँग गुगलप्ले स्टोर वा एप स्टोरमागई एनसेल एपलाई अपडेट वा डाउनलोड गर्न सक्छन् ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.