मंगलवार, आश्विन १,२०८१ 02:34:15
IME remit
  • मंगलवार, आश्विन १,२०८१ 02:34:15
IME remit
Global IME Bank Limited

भगवती हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा

Hyundai Nepal
भगवती हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले लाभांशको अजेण्डा पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीको भदौ २२ गते बसेको संञ्चालक समितिको बैठकले २४ औं वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी असोज १६ गते काठमाण्डौ थापागाँउमा रहेको अर्पण ब्याङ्क्वेटमा बिहान ११० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । 

सभामा कम्पनीको जारी पूँजी वृद्धि गरि ५९ करोड ४९ लाख ४७ हजार ३०० पुर्याउने कम्पनीको जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६ को (ख) र (ग) संशोधन गर्ने र सेयरधनीहरूलाई चुक्तापूँजीको ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्तावहरु पारित हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि स्वीकृत गर्ने, आव २०८०/८१ को लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरि स्वीकृत गर्ने, आव २०८१/८२को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा संस्थापक सेयरधनीहरूको तर्फबाट २ जना सञ्चालक नियुक्ती गर्ने प्रस्ताव पारित हुनेछ ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असोज २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्ण गरेको छ । यसर्थ असोज १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X