सोमबार, असार १५,२०८३ 10:33:21
Bizshala
  • सोमबार, असार १५,२०८३ 10:33:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टिभिएस नेपालले ल्यायो ‘नयाँ युगको आरम्भ’अफर, १० लाखसम्म जित्ने मौका

Laxmi Sunrise Bank Limited
टिभिएस नेपालले ल्यायो ‘नयाँ युगको आरम्भ’अफर, १० लाखसम्म जित्ने मौका

काठमाण्डौ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’नामको विशेष योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना भाद्र महिनाबाट देशभर सीमित समयावधिका लागि उपलब्ध हुनेछ ।

New Office
CG Motors
Garima Development Bank

योजनाअन्तर्गत [www.tvsnepal.com/dashain] मा गएर नकिन्दै ५ लाख सम्म जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ । र हरेक सप्ताह  १०० प्रतिशत क्याशब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले जीवनभरको लागि वारेन्टीका साथ पुरानो बाइकवा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टर बिनाको इजि फाइनान्स समेत उपलब्ध गराउने उल्लेख गरेको छ । साथै, टिभिएसका ग्राहकहरूलाई एओजी र एनओजी समुदायमार्फत सदस्यताको नयाँ अनुभव प्रदान गरिनेछ । थप रूपमा, टिभिएसले  ‘’मेरो साथी’ एपमार्फत बुकिङ सेवाहरू, स्पेयर पार्ट्स अर्डर गर्नेदेखि लिएर टिभिएससँग जोडिन र विशेष अफरहरू बारे सूचना प्रदान गर्ने सम्पूर्ण  सुविधाहरू उपलब्ध गराउने जानकारी पनि दिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.