बुधबार, असार १०,२०८३ 03:02:44
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:02:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनसेलद्वारा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

Laxmi Sunrise Bank Limited
एनसेलद्वारा कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

काठमाण्डौ । एनसेलले कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । कम्पनीले प्रदेशस्तरमा सञ्चालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गत हप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका–४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।  

यस शिविरमा ३०० भन्दा बढी स्थानियहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएको एनसेलले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको उक्त शिविरमा मानिसहरुले मुटु रोगसम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट मुटु रोगलगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्शलगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । बिहान १० बजेबाट सुरु भएको शिविरमा आएका मानिसहरुले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधीहरु पनि पाएका थिए ।  

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यस अघि कपिलवस्तुको मायादेवी गाउँपालिका, वडा नं. ३, फुलिका स्वास्थ्य चौकीमा यसै किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेलले कपिलवस्तुकाअन्य ३ विकट क्षेत्रमानिःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ ।  

एनसेलले सीएसआरअन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरु सञ्चालन गरिरहेको छ । कम्पनीले गत वर्ष आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८ औं वर्षको लागि १८ वटा सामाजिक पहलहरुका लागि आवेदन खुल्ला गरेको थियो र यसै पहलअन्तर्गत सातै प्रदेशमा विकास कार्यहरु कार्यन्वयन भइरहेका छन् । यस ‘एटीन फर एटीन’ कार्यक्रमअन्तर्गत परियोजना सञ्चालन गर्नका लागि प्रति परियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ ।  

एनसेलले आफ्नो स्थापनापश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब भन्दा बढी योगदान गरिसकेको जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.