बुधबार, आश्विन २,२०८१ 06:57:56
IME remit
  • बुधबार, आश्विन २,२०८१ 06:57:56
IME remit
Global IME Bank Limited

निजी क्षेत्रको सहभागितामा मात्र कृषि व्यावसायिकता बढ्नेमा जोड, सरकारी समन्वय र लगानी सुनिश्चिताको माग

Hyundai Nepal
निजी क्षेत्रको सहभागितामा मात्र कृषि व्यावसायिकता बढ्नेमा जोड, सरकारी समन्वय र लगानी सुनिश्चिताको माग
Nabil Bank Limited

काठमाण्डौ । कोशी प्रदेशमा कृषिको व्यवसायिकताका लागि निजी क्षेत्रको लगानी प्रवद्र्धन र सरकारी सहयोगमा जोड दिइएको छ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा मोरङको कटहरी कृषि थोक बजारमा भइरहेको एक्स्पको गरिएको कृषि अन्तर संवादका सहभागीले सरकारी समन्वयमा व्यवसायिकताको काम अघि बढ्नुपर्ने बताए।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले कृषिको व्यावसायीकरण लामो समयदेखि चल्ने गरी पनि उपलब्धी भने आयातमुखी अवस्थामा रहेको बताए।मन्त्री मगरले साना–साना जमिनमा कृषि बाली लगाउने किसानले उत्पादन गरेको बस्तुलाई ठूला कृषि उद्योग सञ्चालन गरी प्रशोधन गरी निर्यात गर्न सकिने बताए। ‘निजी क्षेत्रले चिया उद्योग खोले जस्तै अन्य आयमुलक उत्पादन निर्यात गर्ने उद्देश्यसहित लगानी बढाउनुपर्छ।यसका लागि सरकारले गर्ने सहयोग हुन्छ,’ मगरले भने, ‘साना किसान कै मोडल उपयुक्त हुन्छ किनभने उद्योगीले धेरै जग्गा खरिद गरेर कृषिजन्य उद्यम सञ्चालन गर्न कठिन छ। किसानले उत्पादन गर्ने र उद्योगले खरिद गर्ने तरिका नै उचित हो।’

नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाका अध्यक्ष रामचन्द्र उप्रेतीले निर्वाहमुखी कृषिबाट अलि माथि उठेर उत्पादन बढाउनुको विकल्प नभएको सुनाए।

Sagarmatha Cement
Shivam Cement

तरकारी उत्पादन सहकारी संस्था चितवनका सञ्चालक खोजराज कटुवालले कोशी प्रदेश कृषि उपज धेरै निर्यात गर्ने प्रदेश भएको बताउँदै कृषिको आधुनीकीकरणका निम्ति कृषि औजार तथा प्रविधि प्रयोग बढाउनु पर्ने सुझाव दिए।उनले भने,‘इजराइलमा मल्चीङ र थोपा सिंचाई प्रणाली विकास भएको ५५ वर्षपछि हामी बल्ल प्रयोगको शुरुवाती चरणमा छौं।अब आधुनिक ढंगले अघि नबढी सुखै छैन्।’

Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.