आईतवार, असार २९,२०८२ 03:31:17
  • आईतवार, असार २९,२०८२ 03:31:17
Global IME Bank Limited

वीरगञ्जमा नयाँ शोरुमबाट पञ्च इभीको डेलिभरी सुरु

Hyundai Nepal
वीरगञ्जमा नयाँ शोरुमबाट पञ्च इभीको डेलिभरी सुरु
Shivam Cement

काठमाण्डौ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को अधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शोरुमको उद्घाटनसँगै वीरगञ्जमा पनि पञ्च इभीको डेलिभरि सुरु भएको छ ।  

नयाँ शोरुम उद्घाटन समारोहकै अवसर पारेर गाडी बुक गरेर बसेका ग्राहकहरुलाई पञ्च इभीहरु हस्तान्तरण समेत गरिएको थियो ।

Muktinath Bikas Bank Limited

 सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट प्यासेञ्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीको साथै वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले रिबन काटेर शोरुम उद्घाटन गरेका थिए ।  

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. वीरगञ्ज शाखाका प्रमुख सन्दीप गुप्ता लगायतको उपस्थिति थियो । 

पञ्च इभीको रिजनल लञ्चअन्तर्गत वीरगञ्च लञ्चको मौका पारेर नयाँ शोरुम पनि उद्घाटन गराउन पाउँदा र सोही अवसरमा पञ्च इभी बुक गर्ने ग्राहकलाई गाडी उपलब्ध गराउन पाउँदा हर्षित भएको प्राइम अटो ट्रेडर्सको निर्देशक सुबोध सापकोटाले बताए ।  

टाटा पञ्च इभीको सुरुवाती मूल्य रु. ३३ लाख ९९ हजार सार्वजनिक गरिएको छ ।  

पञ्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुईसेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्लेको आनन्द लिन सकिने कम्पनीले जनाएको छ । पञ्च इभीको ग्राउण्ड क्लियरेन्स १९० एमएम रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.