बिहीबार, आश्विन २९,२०८३ 07:28:34
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 07:28:34
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीलाई लेमन ट्रि होटलमा ३५% सम्मको छुट अफर

Bizshala
एनआईसी एशिया बैंकका ग्राहक तथा कर्मचारीलाई लेमन ट्रि होटलमा ३५% सम्मको छुट अफर
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ, बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलको विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । 

नजिकिदै गरेको दशैंं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा भिजा डेबिट कार्ड तथा भिजा क्रेडिट कार्ड र मास्टर कार्ड प्रयोग गरेर भुक्तानी गर्ने आफ्ना ग्राहकहरुलाई बैंकले यस्तो सुविधा उपलब्ध गराउने भएको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उक्त छुट प्रदान गर्ने विषयमा एनआईसी एशिया बैंक र उक्त होटलबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारी अनुसार भिजा डेबिट कार्ड/भिजा क्रेडिट कार्ड र र प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरुले होटलको बसाई,खाना तथा पेय पदार्थमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

यस्तै स्पा सेवामा भिजा डेबिट कार्ड मास्टर कार्ड प्रयोगकर्ताले ३० प्रतिशत र भजिा क्रेडिट  कार्ड प्रयोगकर्ताले ३५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै,आफ्नो विशेष अवसर परेर होटलमा बस्ने बैंकका ग्राहकहरुले एक पाउण्डको केक कम्प्लिमेन्ट्रीको रुपमा र भजिा क्रडिट कार्ड तथा मास्टर कार्ड प्रयोगकर्ताले रुम अपग्रेडको कम्प्लिमेन्ट्री प्राप्त गर्न सक्नेछन् । गर्नुहुनेछ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

उक्त छुट अफर मंसिर १५ गतेसम्मका लागि मात्र लागू हुनेछ । रुम अपग्रेडको सुविधा प्राप्त गर्न कोठा उपलब्धतामा भर पर्ने छ भने केक कम्प्लिमेन्ट्री प्राप्त गर्नको लागि एक दिनअघि नै जानकारी गराउनुपर्ने छ । यो छुट होटलको वेबसाइटमा उपलब्धभएको दरमा प्राप्त हुनेछ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.