बुधबार, श्रावण २७,२०८३ 12:19:27
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 12:19:27
Bizshala
Global IME Bank Limited

कनेक्ट आईपीएसबाट फ्लाइट तथा बस टिकटको भुक्तानी गर्दा क्यासब्याक र छुट पाइने

Prabhu Bank Limited
कनेक्ट आईपीएसबाट फ्लाइट तथा बस टिकटको भुक्तानी गर्दा क्यासब्याक र छुट पाइने
New Office

काठमाण्डौ । चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस टिकटको भुक्तानी कनेक्ट आईपीएसबाट गर्दा आकर्षक ‘शुभलाभ अफर’सार्वजनिक भएको छ । 

जसअन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी कनेक्ट आईपीएसमार्फत गर्दा आकर्षक क्यासब्याक तथा छुट पाउन सकिन्छ । क्यासब्याक अफर बुद्ध एयर प्रालि, श्री एयरलाइन्स प्रालि,यति एयरलाइन्स प्रालि र बस सेवा ट्राभल एण्ड टुरको टिकट भुक्तानीमा उपलब्ध रहेको छ ।

बुद्ध एयरको फ्लाइट खरिद गरेर कनेक्ट आइपीएसबाट भुक्तानी गर्दा ग्राहकहरुले रु १०१ क्यासब्याक पाउन सक्नेछन् । त्यस्तै श्री एयरलाइन्सको फ्लाइट टिकटको भुक्तानी कनेक्ट आइपीएसबाट गर्दा रु ५०१ क्यासब्याक प्राप्त गर्न सकिन्छ ।  

साथै, यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा …YTCIPSÚ प्रोमो कोड प्रयोग गरेर रु २५० एयरलाइन्सको छुटसँगै रु २५१ क्यासब्याक प्राप्त गर्न सकिन्छ । त्यस्तै बस सेवाबाट टिकट काटेर कनेक्ट आइपीएस मार्फत भुक्तानी गर्ने पहिलो १ हजार ग्राहकहरुले रु ५१ क्यासब्याक प्राप्त गर्नेछन् । यी सम्पूर्ण अफरहरुमा प्रतिबैंक खातामा एक पटक मात्र क्यासब्याक प्राप्त हुनेछ भने सो अफर असोज ५ गतेदेखि असोज १६ गतेसम्म उपलब्ध हुनेछ ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.