बिहीबार, भाद्र १२,२०८२ 12:10:30
  • बिहीबार, भाद्र १२,२०८२ 12:10:30
Global IME Bank Limited

श्रीलंकामा नवनिर्वाचित राष्ट्रपतिले गरे संसद विघटन, नोभेम्बरमा निर्वाचन हुने

Hyundai Nepal
श्रीलंकामा नवनिर्वाचित राष्ट्रपतिले गरे संसद विघटन, नोभेम्बरमा निर्वाचन हुने
Shivam Cement

काठमाण्डौ । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद विघटन गरेका छन् । उनले संसदीय निर्वाचन गराउन संसद विघटन गरेका हुन् । नोभेम्बर १४ मा अब श्रीलंकामा संसदीय निर्वाचन हुने सरकारी राजपत्रमा उल्लेख छ ।

२२५ सिटमध्ये दिसानायकेको पार्टी नेशनल पिपुल्स पावर गठबन्धनले ३ सिट मात्रै पाएको छ । यसअघि दिसानायकेले हरिणी अमरसूर्यालाई देशको नयाँ प्रधानमन्त्री चयन गरेका थिए । श्रीलंकाको इतिहासमा महिला प्रधानमन्त्री बन्ने यो तेस्रो पटक हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

राष्ट्रपति निर्वाचनमा विजयी भएपछि दिसानायकेले संसदीय निर्वाचनका लागि छिट्टै संसद विघटन गर्ने बताएका थिए ।

उनले आफ्नो नीतिलाई कार्यान्वयन गर्न सकेसम्म चाँडो निर्वाचन हुने बताए । उनले यसअघि जनताको इच्छाविपरीत बनेको संसदलाई निरन्तरता दिनुको कुनै अर्थ नभएको बताए ।

यसअघि सन् २०२० को अगस्टमा श्रीलंकामा आम निर्वाचन भएको थियो।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.