काठमाण्डौ । मन्जुश्री फाईनान्स लिमिटेडले विरगञ्ज शाखा मार्फत आरएमः केडिया आँखा अस्पताल, विरगञ्जलाई दुई थान एसी सहयोग स्वरुप हस्तान्तरण गरेको छ । कम्पनीले कर्पोरेट सामाजिक दायित्व अन्तर्गत उक्त सहयोग हस्तान्तरण गरेको हो ।
बिगत ५ दशक देखि सर्वसाधारणलाई सेवा पुर्याउदै आइरहेको केडिया आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा चल्दै आएको छ ।
सुरुवातमा ५ वटा बेडबाट सुरु भएको अस्पताल अहिले १७५ बेड मार्फत बिरामीहरुलाइ सेवा पुर्याउदै आइरहेको छ । प्रतिक्षालयमा रहने बिरामी तथा कुरुवाको सहजतालाई मध्यनजर राख्दै मन्जुश्री फाईनान्सले आरएम केडिया अस्पताललाई एसी सहयोग गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।