काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरुको लागि वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकले नेपाल महिला उद्यमी महासंघको २१ औं वार्षिक साधारण सभाको अवसरमा उक्त महासंघमा आवद्ध महिला उद्यमीहरुको लागि वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरेको हो ।
उक्त कार्यक्रममा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्य र मार्केटिङ विभागका प्रमुख विनयरत्न शाक्यले सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा महिला उद्यमीहरुले बैंकिङ कारोबार र सेवा सुविधासम्बन्धी राखेका विभिन्न जिज्ञासाहरुलाई बैंकको तर्फबाट स्पष्ट समेत पारिएको थियो ।
महासंघका अध्यक्ष शोभा ज्ञवालीले उक्त कार्यक्रमबाट महिला उद्यमीहरुलाई बैंकिङ कारोबार गर्न प्रोत्साहन मिल्नुका साथै, बैंकको सेवा सुविधाका बारे जानकारी भएको र सहभागीहरुको जिज्ञासाहरुलाई स्पष्ट भएकोले आगामी दिनमा बैंकबाट कर्जा उपयोग गर्न सहज हुने बताएका थिए । उक्त कार्यक्रममा महासघको तर्फबाट १५० जना महिला उद्यमीको सहभागीता रहेको थियो ।