बुधबार, श्रावण २०,२०८३ 10:00:49
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 10:00:49
Bizshala
Global IME Bank Limited

नेशनल लाइफको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

नेशनल लाइफको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
New Office

काठमाण्डौ । स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेन्ट प्रालिले आफ्नो नाममा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले नेशनल लाइफको १५ हजार ९४५ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८५ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले असोज २० गते कार्यालय समयभित्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो उल्लेख गरी आवेदन दिनु पर्नेछ । 

विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिई ३५ दिने सूचना जारी गरि यसअघि नै उक्त सेयर बिक्रीमा रािखएको थियो । तर विद्यमान संस्थापकहरुबाट आवेदन नपरेपछि सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको हो । 

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.