बिहीबार, श्रावण २८,२०८३ 01:15:03
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:15:03
Bizshala
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा बुलिस मारुबुजु क्याण्डल,अबको सम्भावना कस्तो ?

Prabhu Bank Limited
नेप्सेको सपोर्ट जोनमा बुलिस मारुबुजु क्याण्डल,अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । आज बजार ४४ अंकले बढेर बन्द भएको छ । योसँगै आज बजारको सपोर्ट जोनमा बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ ।  

यस अघि २ दिने क्याण्डलमा ट्वीजर बटम बनाएको बजारले आज बुलिस क्याण्डल बनाएको हो । तर बजारमा आज सेयर कारोबार र भोल्युममा भने सुधार हुन सकेको छैन । यस कारण यदि आगामी कारोबारमा ५ अर्ब भन्दा माथि कारोबारसहित बजार २५४० विन्दु भन्दा माथि टिक्छ भने बजारले पुन अप ट्रेन्ट लिँदै गरेको मान्न सकिन्छ । 

बोलिङ्गर ब्याण्ड मार्फत नियाल्दा बजार हाल तल्लो ब्याण्डमा चलेको देखिन्छ । म्याक्डीमा पनि बिस्तारै हिस्टोग्राम छोटा–छोटा हुँदै गएका छन् तर बुलिस क्रसओभर भने भईहालको अवस्था होइन ।  

आरएसआई भने करिब ओभर सोल्ड जोन ३२ बाट फर्केर हाल डब्लु आकार बनाएर ४० को बिन्दुमा पुगेको छ । यसले बजारले करिब करिब बटम लगाउँदै गरेको मान्न सकिन्छ । यस हिसाबले यदि बजार अझै एक कारोबारमा भोल्युमसहित २५ सय माथि टिकेमा फेरी बुल यात्रा तय गर्न सक्ने छ । अर्थात इलिअट वेभबाट नियाल्दा तेस्रो वेभ पनि हुन सक्छ । जुन भनेका अत्यधिक शक्तिशाली हुन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.