शनिबार, असार १३,२०८३ 07:23:46
Bizshala
  • शनिबार, असार १३,२०८३ 07:23:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अरुण नदीका कारण सगरमाथाको उचाई वृद्धि भईरहेको अध्ययनको निष्कर्ष

Laxmi Sunrise Bank Limited
अरुण नदीका कारण सगरमाथाको उचाई वृद्धि भईरहेको अध्ययनको निष्कर्ष

काठमाण्डौ । नदीका कारण सगरमाथा १५ देखि ५० मिटर अग्लो भएको नयाँ अध्ययनले देखाएको छ । हालै गरिएको एक अध्ययन अनुसार यो नदीले विश्वको अग्लो हिमाल सगरमाथाको आधारबाट चट्टान र माटो काटिरहेको छ ।

जसका कारण सगरमाथाको उचाइ बढिरहेको छ । सगरमाथाको उचाइ करिब ८८४९ मिटर छ। युनिभर्सिटी कलेज लन्डन (युसीएल)का अन्वेषकहरूले विश्वको सर्वोच्च शिखरबाट ७५ किलोमिटर टाढा रहेको अरुण नदीको जमिनको सतहमा आएको परिवर्तनले सगरमाथा प्रत्येक वर्ष दुई मिलिमिटरले बढिरहेको बताएका छन् ।

New Office
CG Motors
Garima Development Bank

भारतीय र युरेशियन टेक्टोनिक प्लेटको टक्करबाट ४० देखि ५० लाख वर्षअघि हिमालय बनेको थियो। टेक्टोनिक प्लेटहरूको टक्कर हिमालयको निरन्तर वृद्धिको मुख्य कारण हो। तर युसीएल टोलीले सगरमाथाको उचाइ बढाउन अरुण नदीको आफ्नै योगदान रहेको बताएको छ ।

अरुण नदी हिमालयबाट तल झर्दा यसले धेरै बालुवा,ढुङ्गा र लेदो बोकेको छ। यो पृथ्वीको धेरै माथिल्लो सतहहरूमा जम्मा भएको क्रस्ट हो । जसका कारण म्यानटल अर्थात पृथ्वीको तल्लो तहमा पर्ने दबाब कम हुन्छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम चापको कारण, पातलो तह विघटन हुन्छ र माथि उठ्छ र नदी संग बग्न थाल्छ। नेचर जियोसाइन्स जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार यसका कारण सगरमाथा मात्र नभई वरपरका चुचुराहरू पनि माथि उठिरहेका छन् ।

जसमा विश्वको चौथो र पाँचौं अग्लो हिमाल ल्होत्से र मकालु पर्छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.