काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिक साधारण सभा आगामी कात्तिक १३ गते आयोजना गर्ने भएको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको बालुवाटारमा रहेको बालुवाटार प्यालेस बैंक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको पाँचौं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।
यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै बाह्य लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।