बुधबार, असार १०,२०८३ 05:48:12
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:48:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अपि पावरले घटायो लाभांश, स्थगित साधारण सभा पनि आह्वान

Laxmi Sunrise Bank Limited
अपि पावरले घटायो लाभांश, स्थगित साधारण सभा पनि आह्वान

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले लाभांश घटाएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घटाउने निर्णय गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।  

यसअघि भने कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । जसलाई विद्युत नियमन आयोगले अस्विकृत गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

यससँगै बैठकले यसअघि स्थगित कम्पनीको २१ औं वार्षिक साधारण सभा समेत डाकेको छ । बैठकले आगामी कात्तिक ११ गते आइतबारका दिन काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टलमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

सभामा संधोधित लाभांश वितरणको प्रस्तावका साथै कम्पनीले सञ्चालन तथा विकास गरिरहेको आयोजनाहरुको लागि बैंक तथा वित्तिय संस्थाबाट लिने आवश्यक कर्जा अनुरुप तोकिएको सिमा भन्दा बढी रहेकोहुँदा कर्जा अनुमोदन गर्ने तथा आयोजनाहरु निर्माणको लागि थप आवश्यक कर्जा लिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभामा कम्पनीको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमीटेडमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना(९.७ मेवा) निर्माण गर्ने, दार्चुला पावर कम्पनी लिमीटेडमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना(२८.३ मेवा) निर्माण गर्ने, अपिकै बहुमत सेयर स्वामित्व रहने गरी सूर्यकुण्ड हाइड्रो इलेक्टिक लिमीटेडमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजना(११ मेवा)को निर्माण अन्तिम चरणमा भइरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने लगायतका प्रस्ताव समेत छलफल गरी पारित गरिनेछ ।  

सभामा सेयरधनीहरुबाट १ जना महिला तथा एक स्वतन्त्र समेत गरी ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक २ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.