आईतवार, आश्विन २०,२०८१ 10:55:28
IME remit
  • आईतवार, आश्विन २०,२०८१ 10:55:28
IME remit
Global IME Bank Limited

अपि पावरले घटायो लाभांश, स्थगित साधारण सभा पनि आह्वान

Hyundai Nepal
अपि पावरले घटायो लाभांश, स्थगित साधारण सभा पनि आह्वान
Nabil Bank Limited

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले लाभांश घटाएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घटाउने निर्णय गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।  

यसअघि भने कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । जसलाई विद्युत नियमन आयोगले अस्विकृत गरेको थियो ।  

Bizshala
Shivam Cement
CG Motors

यससँगै बैठकले यसअघि स्थगित कम्पनीको २१ औं वार्षिक साधारण सभा समेत डाकेको छ । बैठकले आगामी कात्तिक ११ गते आइतबारका दिन काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टलमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

सभामा संधोधित लाभांश वितरणको प्रस्तावका साथै कम्पनीले सञ्चालन तथा विकास गरिरहेको आयोजनाहरुको लागि बैंक तथा वित्तिय संस्थाबाट लिने आवश्यक कर्जा अनुरुप तोकिएको सिमा भन्दा बढी रहेकोहुँदा कर्जा अनुमोदन गर्ने तथा आयोजनाहरु निर्माणको लागि थप आवश्यक कर्जा लिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

सभामा कम्पनीको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमीटेडमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना(९.७ मेवा) निर्माण गर्ने, दार्चुला पावर कम्पनी लिमीटेडमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना(२८.३ मेवा) निर्माण गर्ने, अपिकै बहुमत सेयर स्वामित्व रहने गरी सूर्यकुण्ड हाइड्रो इलेक्टिक लिमीटेडमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजना(११ मेवा)को निर्माण अन्तिम चरणमा भइरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने लगायतका प्रस्ताव समेत छलफल गरी पारित गरिनेछ ।  

सभामा सेयरधनीहरुबाट १ जना महिला तथा एक स्वतन्त्र समेत गरी ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक २ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.