काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २७१.८४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८० रुपैयाँ थियो ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई ३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर र ०.१५७ प्रतिशतले हुन आउने नगद लाभांश(कर प्रयोजनका लागि) वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको प्रस्तावित लाभांश आगामी कात्तिक १४ गते आयोजना हुने २७ औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (15).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (260).jpg) 
                                        .jpg) 
                                        .png) 
                                        .jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                