शनिबार, श्रावण २३,२०८३ 06:29:17
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 06:29:17
Bizshala
Global IME Bank Limited

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादको समाधानको आधार लाल आयोगको प्रतिवेदन कार्यान्वयन: एफएनसीसीआई

लाइन नकाट्ने र हाल काटिएको बिजुली तत्कालै जडान गर्न माग

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादको समाधानको आधार लाल आयोगको प्रतिवेदन कार्यान्वयन: एफएनसीसीआई
New Office

काठमाण्डौ । उद्योगमा जडित डेडिकेटेड फिडर र ट्रंकलाइनको भुक्तानी सम्बन्धी विवादले लगानीको वातावरणमा प्रतिकूल प्रभाव पर्ने ठहर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले वार्ताद्धारा समाधान निकाल्न सबै पक्षलाई आह्वान गरेको छ ।  

शुक्रबार महासंघले एक विज्ञप्ति जारी गर्दै लाल आयोगको प्रतिवेदन कार्यान्वयनबाट समस्या समाधान हुुने भन्दै यसतर्फ गम्भीर बन्न सरोकारवालालाई आह्वान गरेको हो । 

डेडिकेटेड फिडर र ट्रंकलाइनको भुक्तानी विवादका कारण बारम्बार उद्योगहरुको बिजुलीको लाइन काटिँदा उत्पादन प्रभावित हुनुका साथै लगानीको वातावरणमा प्रतिकूल असर परी गलत सन्देश जानेतर्फ महासंघले चिन्ता समेत व्यक्त गरेको छ ।

महासंघले विवाद समाधानको सूत्र प्रस्तुत गर्दै लाइन नकाट्ने र हाल काटिएको बिजुली तत्कालै जडान गरी वार्ताबाट सबै पक्ष बसेर समाधान खोज्नुपर्नेमा जोड दिएको छ । 

'विभिन्न समयमा विभिन्न प्रक्रियाबाट बिजुली उपलब्ध गराइएको र उपभोग भए नभएको बिषयमा उद्यमी व्यवसायी र नेपाल विधुत प्राधिकरणबीच मतभिन्नता रहेको छ । जसले गर्दा धेरै समयदेखि यो बिषय अल्झिएको छ । विजुली उपभोगको प्रमाणको आधारमा अतिरिक्त विद्युत महसुल भुक्तानी गर्नेमा उद्यमीहरु तयार रहेको विदितै छ ।' विज्ञप्तिमा भनिएको छ-'नेपाल उद्योग वाणिज्य महासंघको पहलमा डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद सदाका लागि अन्त्य गर्न सर्बोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन भएको थियो । तर उक्त आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन । लाल आयोगको प्रतिवेदनको पृष्ठभूमिमा वार्ताको माध्यमबाट लामो समयदेखिको डेडिकेटेड फिडर र ट्रंकलाइन सम्बन्धी समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणको सक्रिय भूमिका आवश्यक छ ।'  

महासंघले तत्कालै काटिएको सम्पूर्ण उद्योगहरुको लाइन जडान गरी लाल आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सदाका लागि डेडिकेटेड फिडर र ट्रंकलाइन सम्बन्धी लामो समयदेखि थाती रहेको समस्या समाधानको पहल गर्न नेपाल सरकार एवं अन्य सम्बन्धित निकायसमक्ष माग समेत गरेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.