सोमबार, असार १५,२०८३ 10:58:53
Bizshala
  • सोमबार, असार १५,२०८३ 10:58:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महासंघले प्रधानमन्त्रीलाई बुझायो अर्थतन्त्र सुधारका ४० पाने सुझाव, नीतिगत सुधार गर्न माग

Laxmi Sunrise Bank Limited
महासंघले प्रधानमन्त्रीलाई बुझायो अर्थतन्त्र सुधारका ४० पाने सुझाव, नीतिगत सुधार गर्न माग

काठमाण्डौ । पछिल्लो समय देशको अर्थतन्त्र खस्किदै गएको भन्दै त्यसलाई सुधार गर्न एमालेसम्बद्ध उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सुझाव पेश गरेका छन्।

एमालेको जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघले आज प्रधामन्त्री ओलीलाई भेटी अहिलेको अर्थतन्त्र सुधार सम्बन्धमा ‘निजी क्षेत्रका साझा सवाल’ नामक ४० पृष्ठ लामो सुझाव पेश गरेको हो।

महासंघले ‘सुदृढ अर्थतन्त्र निर्माणको आधारः सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ भन्ने नाराका साथ प्रधानमन्त्री ओलीलाई उक्त सुझाव पेश गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

उक्त कार्यक्रममा महासंघका संयोजक भागिरथ सापकोटाले अहिले देशको अर्थतन्त्रका साथै उद्योगी व्यवसायीहरु जटिल परिस्थितीबाट गुज्रिरहेको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल नीतिगत सुधार गर्नुपर्ने बताएका छन्।

साथै,आफुहरुले सबै क्षेत्रका उद्योगी व्यवसायीसँग छलफल गरी सबैको प्रतिनिधित्व हुनेगरी निजी क्षेत्रका सवाल तयार पारेको भन्दै त्यसलाई कार्यान्यन गर्न आफुमातहतका निकायलाई तत्काल निर्देशन दिन समेत महासंघले माग गरेको छ।महासंघले केही समय अघि निजी क्षेत्रका समस्या र समाधानका विषयमा छलफल कार्यक्रम आयोजना गरेको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त कार्यक्रमबाट आएका निचोड र अहिले उद्योगी व्यवसायीले भोगिरहेका समस्यामा विषय तयार गरी प्रधानमन्त्रीलाई बुझाएको हो।जसमा उद्योग व्यवसायमा देखिएका समस्या र समाधानका उपाय, कर प्रणाली एवं राजस्व प्रशासन सुधारका विषय र सरकारले तत्काल र दिर्घकालिन रुपमा लिनुपर्ने कदमका विषयहरु उल्लेख गरिएको छ। विशेष गरी साना तथा मझौला रूग्ण उद्योगहरूको संरक्षण, लगानीको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको र ठूला उद्योगमा थप लगानीको वातावरण बनाई पूँजी पलायनलाई रोक्नुपर्ने तथा राष्ट्रिय पूँजी निर्माण गर्नु पर्ने लगायतका चुनौतीहरु रहेको उक्त सुझावमा उल्लेख छ।

यस्तै मुलुकमा औद्योगिक विकास भएमात्र रोजगारीको आधार सिर्जना हुने भन्दै यसलाई महासङ्घले मात्र होइन सरकार र आम जनताले समेत मनन गर्नुपर्ने सापकोटाले बताए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.