काठमाण्डौ । नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पत्थर डाँडा, रुपन्देहीमा, आज एक कार्यक्रमका बीच १० वटा अत्याधुनिक र सुविधासम्पन्न ATA LPO1622/62 BS6 Magna बसहरु त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई हस्तान्तरण गरेको छ।
त्रिशक्ति पशुपति दर्शन यातायात प्रालि पश्चिम नेपाल बस ब्यबसायी प्रालि र भेरी यातायात प्रालि जस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा आएको हो।
कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसी सहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेशदेखि दिल्ली सम्मको अन्तरदेशीय यात्राको लागि सञ्चालनमा आउने छ। कार्यक्रममा बोल्दै समितिका अध्यक्ष इन्द्र पुनले भविष्यमा गन्तव्यहरु अझै बढाउने सोच रहेको जनाएका छन् ।
TATA LPO1622/62 BS6 Magna बसमा अत्याधुनिक प्रविधि र BS6 मानक प्रयोग भएको छ । जसले यसलाई वातावरणमैत्री बनाउने कम्पनीले जनाएको छ। विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ, र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ। BS6 गाडीमा OBD प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ। SCR प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ। यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन् । जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउँछ।