आईतवार, श्रावण ३१,२०८३ 12:35:45
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 12:35:45
Bizshala
Global IME Bank Limited

टीभीएसको बाईक खरिदमा साहले जिते नगद रु. १० लाख

Prabhu Bank Limited
टीभीएसको बाईक खरिदमा साहले जिते नगद रु. १० लाख
New Office

काठमाण्डौ । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद रु. १० लाख ५ हजार जितेका छन् । नेपालीहरुको महान चाड दशैँ, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ‘टीभीएससँग नयाँ युगको आरम्भ २०२४’ उपहार योजनाअन्तर्गत साहले बाइक खरिद गर्नुअघि रु. ५ हजार र खरिद पश्चात रु १० लाख जित्न सफल भएका हुन् ।  

साहका साथै, महाएक्सचेन्ज मेला, भृकुटीमण्डपमा टीभीएसको सवारी साधन खरिद गर्दा टेकराज गुरुङले रु ५ लाख ५ हजार जित्न सफल भएका छन् । उनले खरिद अघि रु. ५ हजार र खरिद पश्चात रु. ५ लाख जित्न सफल भएका हुन् ।  

CG Motors

महाएक्सचेन्ज मेला, भृकुटीमण्डपमै टीभीएसको सवारी साधन खरिद गरेका प्रकाश अधिकारीले सवारी साधनको खरिदमा ५० प्रतिशत क्याशब्याक र खरिद अघि रु. ५ हजार जित्न सफल भए्को जानकारी दिइएको छ । त्यसैगरी, बागेश्वरी अटोमोटिभ्स, धनगढीमा टीभीएसको सवारी साधन खरिद गरेका सञ्जित चौधरीले २५ प्रतिशत क्याशब्याक र खरिद अघि रु. ५ हजार जित्न सफल भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

साथै ‘टीभीएस संग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत हालसम्म २ जनाले नगद रु. १ लाख, ४ जनाले नगद रु. ५० हजार, १० जनाले नगद रु. २५ हजार,  १५ जनाले नगद रु. १५ हजार र १८ जनाले नगद रु. ५ हजार जित्न सफल भइसकेका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.