शुक्रबार, श्रावण २२,२०८३ 02:46:45
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 02:46:45
Bizshala
Global IME Bank Limited

बैंक तथा वित्तीय संस्थामा‘केवाईसी’ भर्नु पर्ने बाध्यताबाट छुटकारा

बैंक तथा वित्तीय संस्थामा‘केवाईसी’ भर्नु पर्ने बाध्यताबाट छुटकारा
New Office

काठमाण्डौ । अब ग्राहकहरुले बैंक तथा वित्तीय संस्थामा गएर ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) भर्नु नपर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले ग्राहकले राष्ट्रिय परिचयपत्र बनाउँदा पेस गरेको विस्तृत विवरणलाई लिन सक्ने गरी सरकारले व्यवस्था गर्न लागेको हो । यस व्यवस्थाबाट हरेक वर्ष केवाईसी फारम भर्नुपर्ने बाध्यताबाट नागरिकले छुटकारा पाउने भएका छन् ।  

गत बिहीबार जारी भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१’ मा केवाईसी) भर्नु नपर्ने व्यवस्था गर्न लागिएको हो ।

यस व्यवस्थासँगै बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी, सेयर ब्रोकरलगायतले ग्राहकको अनुमति लिई केवाईसीसम्बन्धी जानकारी तथा विवरण अनलाइनबाटै प्राप्त गर्न सक्नेछन् ।  

तर यसका लागि व्यक्तिले नागरिकता र राष्ट्रिय परिचयपत्र बनाएको हुनुपर्ने छ र व्यक्तिगत जानकारी लिन बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा व्यक्तिको सहमति लिनु पर्नेछ ।  

यस्तो विवरण बैंक तथा वित्तीय संस्थाले पुनःग्राहकबाटै प्रमाणीकरण गराउनुपर्ने हुन्छ । थप जानकारीका लागि पनि ग्राहकको अनुमति लिनु पर्नेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.