IME remit
  • बिहीबार, मंसिर ६,२०८१ 12:08:56
IME remit
Global IME Bank Limited

डोटी भूकम्पमा ज्यान गुमाउनेको संख्या ६ पुग्यो, केही घरहरु भत्किए

Hyundai Nepal
डोटी भूकम्पमा ज्यान गुमाउनेको संख्या ६ पुग्यो, केही घरहरु भत्किए
Nabil Bank Limited

काठमाण्डौ । सुदूरपश्चिमको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। 

आज बुधबार बिहान २ः१२ बजे ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केही घर भत्किँदा घर भत्किएका छन्। त्यहाँ भत्किएका घरमा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतकमा हर्क बोहरा, प्रेम बोहरा, भगवती बोहरा, सीता बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन्। 

 

भूकम्पमा परी पाँचजना घाइते भएका छन्। उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको प्रहरीले जनाएको छ। हाल भूकम्पग्रस्त क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली खटिएको छ। 

त्यसअघि मंगलबार राति ९ः७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि पटक–पटक भूकम्पको झट्का महसुस भएको दिपायलका दीपक बोहराले बताए। 

भूकम्पको झट्का सुदूपश्चिम क्षेत्रमा महसुस भएको थियो। 

Bizshala
Shivam Cement
CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.