बुधबार, माघ २३,२०८१ 10:38:29
IME remit
  • बुधबार, माघ २३,२०८१ 10:38:29
IME remit
Global IME Bank Limited

एनवाईईएफ कनेक्ट शुभारम्भ, देशका युवा उद्यमीलाई अवसर र प्रगतिसँग जोड्ने लक्ष्य

Hyundai Nepal
एनवाईईएफ कनेक्ट शुभारम्भ, देशका युवा उद्यमीलाई अवसर र प्रगतिसँग जोड्ने लक्ष्य
Nabil Bank Limited

काठमाण्डौ । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ)ले कात्तिक २३ गते काठमाडौंमा ‘एनवाईईएफ कनेक्ट’ नामको प्लेटफर्म शुभारम्भ गरेको छ । सदस्यतामा आधारित यो प्लेटफर्मको उद्देश्य फरकफरक ४० क्षेत्रका सदस्यलगायत मञ्चका सदस्यहरुको विभिन्न समूह, पूर्वसदस्य (एनवाईईएफ अल्मुनाई) र पूर्वअध्यक्षहरुलाई एकै ठाउँमा ल्याएर नेपालका युवा उद्यमीमाझ सहकार्य र अवसर प्रवद्र्धन गर्नु हो ।  

एनवाईईएफ कनेक्टको लक्ष्य स्रोत, सञ्जाल र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरी उद्यमीहरुलाई सशक्तीकरण गर्नु र दिगो प्रगति प्रवद्र्धन गर्ने खालको सहयोगी उद्यमशील इकोसिस्टमलाई बढावा दिनु हो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी रहेको ‘एनवाईईएफ कनेक्ट’ शुभारम्भ समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल विशेष अतिथिको रुपमा सहभागी थिए ।  

समारोहको अध्यक्षता गरेका एनवाईईएफ कनेक्टका सभापति÷पूर्वअध्यक्ष रितेश लामिछानेले युवा उद्यमीहरुको जोशिलो र परस्पर सम्बद्ध समुदायको महत्वमा जोड दिए । एनवाईईएफ कनेक्टका सदस्य, नेसनल गभर्निङ काउन्सिल (एनजीसी) सदस्य, मञ्चका च्याप्टर सभापतिलगायत ११० जनाको सहभागिताले शुभारम्भ कार्यक्रमलाई भव्य बनाएको थियो ।  

Muktinath Bikas Bank Limited

एनवाईईएफ कनेक्ट आपसी सम्बन्ध विस्तार, अनुभव एवं विचार आदानप्रदान र प्रगति गर्ने क्षमता अभिवृद्धि गर्दै युवा उद्यमीका लागि एक रुपान्तरणकारी प्लेटफर्मको रुपमा रहेको छ ।  

यो प्लेटफर्म उद्यमीहरुलाई आपसी सम्बन्ध बढाउन, विचार एवं अनुभव आदानप्रदान गर्न, प्रतिभावानलाई अवसरसँग जोड्न र नेपालको अर्थतन्त्रमा दिगो विकास प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको एनवाईईएफले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.