शुक्रबार, फाल्गुन ९,२०८१ 02:15:53
IME remit
  • शुक्रबार, फाल्गुन ९,२०८१ 02:15:53
IME remit
Global IME Bank Limited

ट्रम्पले 'विवादित' पात्रलाई मन्त्रिपरिषद्‌मा ल्याउन थालेपछि अमेरिकामा उथलपुथलको संकेत, विरोधका स्वरहरु पनि उस्तै

Hyundai Nepal
ट्रम्पले 'विवादित' पात्रलाई मन्त्रिपरिषद्‌मा ल्याउन थालेपछि अमेरिकामा उथलपुथलको संकेत, विरोधका स्वरहरु पनि उस्तै
Nabil Bank Limited

बर्न्ड डेबुस्म्यान जूनिअर

-बीबीसी न्यूज, वाशिङ्टन

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आफ्नो मन्त्रिपरिषद्‌का लागि छानेका कतिपय सदस्यमाथि 'गलत कार्य गरेको' सहितका गम्भीर आरोपहरू लागेका छन्। त्यस्ता विवादित व्यक्तिहरूलाई छानेको भन्दै व्यापक आलोचना भएपछि ट्रम्पको अभियान रक्षात्मक बन्दै उनका निर्णयको बचाउ गरिरहेको छ।

ट्रम्पले आफ्नो भावी रक्षामन्त्रीका रूपमा छानेका पिट हेग्सेथमाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो। उनले त्यसलाई अस्वीकार गरेका थिए।

ट्रम्पका सम्भावित महान्यायाधिवक्ता म्याट गेट्जमाथि नैतिक पतनसम्बन्धी अनुसन्धान गरिएको थियो।

ट्रम्पले स्वास्थ्यमन्त्रीका रूपमा छानेका रोबर्ट एफ केनडी जूनिअर खोपप्रति आशङ्का गर्ने व्यक्ति हुन्।

Shivam Cement
CG Motors
Sagarmatha Cement

ट्रम्पले आगामी ज्यानुअरीमा पद सम्हाल्दा उनले छानेका यी व्यक्तिहरूलाई अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्छ।

सिनेटमा रिपब्लिकनहरूको नियन्त्रण भए पनि उनको मन्त्रिपरिषद्‌मा छानिएका व्यक्तिहरूले द्विपक्षीय सुनुवाइका क्रममा व्यापक प्रश्नहरूको सामना गर्नु पर्नेछ।

ट्रम्पका विवादित रक्षामन्त्री

प्रहरीले शुक्रवार ट्रम्पले रक्षामन्त्रीका रूपमा छानेका हेग्सेथमाथि सन् २०१७ मा क्यालिफोर्निआमा एउटा यौन दुर्व्यवहारसम्बन्धी मामिलामा अनुसन्धान गरिएको बताएको छ।

फक्स न्यूजका प्रस्तोता उनले विगतमा अमेरिकी न्याश्नल गार्डमा सेवा गरेका थिए।

त्यस क्रममा उनी अफगानिस्तान र इराकमा पनि खटिएका थिए। हेग्सेथले चाहिँ यौन दुर्व्यवहार गरेको आरोपलाई अस्वीकार गर्दै आएका छन्।

ट्रम्पका प्रवक्ता स्टिभन चङले भने, "हेग्सेथले सबै आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन् र उनीमाथि कुनै अभियोग लगाइएको छैन।"

फक्स न्यूजका प्रस्तोता पिट हेग्सेथलाई ट्रम्पले आफ्नो सरकारमा रक्षामन्त्री मनोनयन गरेका छन्

सैन्य सेवामा रहँदा उनीमाथि लागेको आरोप

यसैबीच बीबीसीको अमेरिकी साझेदार सीबीएसले चाहिँ हेग्सेथलाई एक पटक उनले "श्वेत सर्वोच्चतावादी" ट्याटू खोपेका छन् भन्ने सोचेर उनकै सैन्य सहकर्मीहरूले "आन्तरिक खतरा" ठानेकोबारे रिपोर्टिङ गरेको छ।

यद्यपि उनले आफ्नो कुनै पनि त्यस्ता उग्रवादी समूहसँग सम्बन्ध नभएको भन्दै अस्वीकार गरेका थिए।

मिनसोटा न्याशनल गार्डका पूर्व सदस्य उनले आफ्नो 'बाइसेप'मा "देउस् भोट" भन्ने ट्याटू राखेका छन्।

उक्त ल्याटिन वाक्यांशको अर्थ "गड विल्स इट" अर्थात् "परमेश्वर यो चाहनुहुन्छ" भन्ने हो।

उक्त नारा मध्ययुगमा क्रिश्चियनहरूले धर्मयुद्धका बेला प्रयोग गरेका थिए।

एकजना सेवानिवृत्त मास्टर सार्जेन्ट डेरिको गेथरले सीबीएससँग भने, "मैले त्यसलाई हेरेँ र त्यो ट्याटूको सम्बन्ध चरमपन्थी समूहहरूसँग थियो।"

उनले सैन्य नेतृत्वलाई त्यसबारे जानकारी दिएर सचेत गराएको बताए।

ट्रम्पका उपराष्ट्रपतिको बचाउ

अमेरिकी उपराष्ट्रपतिका रूपमा निर्वाचित जेडी भान्स ले हेग्सेथको प्रतिरक्षा गरेका छन्

अमेरिकी उपराष्ट्रपतिका रूपमा निर्वाचित जेडी भान्स ले हेग्सेथको प्रतिरक्षा गरेका छन्।

उनले उक्त ल्याटिन वाक्यांशको अर्थ क्रिश्चियन आदर्श वाक्यभन्दा बढी केही नभएको दाबी गरे।

उनले एसोसिएटेड प्रेस अर्थात् एपीलाई "घृणित क्रिश्चियन विरोधी कट्टरता" फैलाएको आरोप लगाए।

उक्त समाचार संस्थाले त्यसबारे पहिलो पटक रिपोर्टिङ गरेको थियो।

हेग्सेथलाई सन् २०२१ मा राष्ट्रपति जो बाइडनको पदभारग्रहणका बेला वाशिङ्टन डीसीमा अधिकृतका रूपमा सेवा गर्नबाट रोक लगाइएको थियो।

यसै वर्षको सुरुमा प्रकाशित एउटा पुस्तकमा उनले आफूलाई ट्याटूका कारण आफ्नो कर्तव्य पूरा गर्नबाट रोकिएको उल्लेख गरेका छन्।

ट्रम्पका महान्यायाधिवक्तामाथि लागेको आरोप

ट्रम्पले महान्यायाधिवक्ताका लागि छानेका म्याट गेट्ज पनि विवादित छविका व्यक्ति हुन्

ट्रम्पले महान्यायाधिवक्ताका लागि छानेका म्याट गेट्ज पनि विवादित छविका व्यक्ति हुन्।

कङ्ग्रेस सदस्य हुँदा यौन दुर्व्यवहार गरेको आरोपको सामना उनले गरिरहेका छन्।

अमेरिकी न्याय मन्त्रालयको नेतृत्वका लागि ट्रम्पले मनोनयन गरेको केही घण्टाभित्रै उनले गत बिहीवार अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभको फ्लोरिडा सीटबाट राजीनामा दिएका छन्।

संसद्‌बाट बहिर्गमनले उनीमाथि लागेका यौन दुर्व्यवहार, घुस र अवैध लागुऔषध प्रयोगबारे आरोपहरूको अनुसन्धान गरी तयार पारिएको संसदीय प्रतिवेदन सार्वजनिक गर्न रोकिएको छ।

उक्त सदनका सभामुख माइक जोन्सन पनि रिपब्लिकन हुन्।

उनले शुक्रवार गेट्ज उक्त सदनको सदस्य नरहेकाले प्रतिवेदन गोप्य राखिएको बताए।

प्रतिवेदन सार्वजनिक गर्न माग

सदस्यहरूले त्यसलाई सार्वनजिक गर्न माग गरे पनि सभामुखले त्यसलाई गोप्य राख्ने बताएका छन्।

त्यसको घण्टौँपछि संसद्‌को नैतिकतासम्बन्धी एक समितिमा साक्षी बनेका दुई जना महिलाका वकिलले सांसदहरूलाई उक्त समितिको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन्।

जो लेपर्डले सीबीएसलाई बताएअनुसार उनको कानुनी सेवा लिने एक महिलाले गेट्जले सन् २०१७ मा फ्लोरिडामा एक नाबालिगसँग यौनसम्बन्ध राखेको देखेकी थिइन्।

यद्यपि न्याय मन्त्रालयले गत वर्ष उनीमाथि लागेका आरोपहरूको अनुसन्धान गरेको थियो र गेट्जविरुद्धका आरोपहरू अघि बढाउन अस्वीकार गरेको थियो।

उनले ओर्लान्डोको एउटा पार्टीमा १७ वर्षकी कोशोरीसँग यौनसम्पर्क गरेको दाबीलाई यसअघि अस्वीकार गरेका थिए।

फ्लोरिडाबाट सांसद बनेका ४२ वर्षीय उनले शुक्रवार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, "मलाई सिध्याउनका लागि झूटलाई हतियारका रूपमा प्रयोग गर्न खोजिएको छ।"

खोपविरोधी स्वास्थ्यमन्त्री

ट्रम्पले स्वास्थ्यमन्त्रीका रूपमा छानेका रोबर्ट एफ केनडी जूनिअर खोपविरोधीका रूपमा चिनिन्छन्

ट्रम्पले स्वास्थ्यमन्त्रीका रूपमा छानेका रोबर्ट एफ केनडी जूनिअर अर्का विवादित व्यक्ति हुन्।

सङ्क्षिप्त नाम आरएफके जूनिअरबाट पनि चिनिने केनडीले खोपप्रति आशङ्का व्यक्त गर्दै र बोल्दै आएका छन्।

उनी वैज्ञानिकहरूले मिथ्या भन्दै आएका स्वास्थ्यसम्बन्धी जानकारी फैलाउन पनि सक्रिय देखिन्छन्।

"बिग फर्मा" भनिने ठूला औषधि कम्पनीप्रति कडा नीति लिने वाचा गर्दै आएका उनलाई स्वास्थ्यमन्त्रीका रूपमा घोषणा गरिएपछि विश्वभरिका खोप निर्माता तथा स्वास्थ्य सेवा दिने कम्पनीहरूको शेअर शुक्रवार व्यापक रूपमा घट्यो।

पच्चीस हजार जना सदस्य रहेको अमेरिकन पब्लिक हेल्थ एसोसिएसनका प्रमुखले खोपबारे केनेडीको आलोचनाले "देशको स्वास्थ्य क्षेत्रमा पहिले नै ठूलो क्षति पुर्‍याएको" बीबीसीलाई बताए।

जर्ज सी बेन्जामिनले स्वास्थ्यमन्त्रीका लागि केनेडी "बिल्कुल गलत मान्छे" भएको दाबी गरे।

ट्रम्प आफैँले भने हालसम्म आफूले छानेका व्यक्तिहरूबारे भइरहेको आलोचनालाई सम्बोधन गरेका छैनन्।

उनले अझै पनि केही पदहरूमा मानिसहरू छान्न बाँकी नै छ।

अर्थमन्त्री र एफबीआईको प्रमुखजस्ता पदमा गरिने नियुक्तिबारे हालसम्म उनले कसैको नाम घोषणा गरेका छैनन्।

-बीबीसीबाट 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.