बुधबार, श्रावण ६,२०८३ 05:44:31
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 05:44:31
Bizshala
Global IME Bank Limited

युद्ध अन्त्य गर्न चलिरहेको वार्ताका बीच रुस–युक्रेनले गरे एकअर्कामाथि ठूलो हमला

युद्ध अन्त्य गर्न चलिरहेको वार्ताका बीच रुस–युक्रेनले गरे एकअर्कामाथि ठूलो हमला
New Office

काठमाण्डौ । युद्ध अन्त्य गर्ने ‘ट्रम्पको शान्ति योजना’ माथिको छलफलका बीच युक्रेन र रुसले एकअर्काका सहरमा आक्रमण गरेका छन् । युक्रेनको राजधानी किभका मेयर भिटाली क्लित्सकोले रुसी आक्रमणमा ६ जनाको मृत्यु भएको बताएका छन् ।

यसअघि अधिकारीहरूले कम्तिमा दुईवटा आवासीय ब्लकमा आक्रमण भएको बताएका थिए।

जबकि रुसी अधिकारीहरूले युक्रेनले क्रास्नोडार र रोस्तोभको सीमा क्षेत्रमा रातभरि कैयौं हवाई आक्रमण गरेको बताए । रुसी रक्षा मन्त्रालयले रुसी सेनाले २४९ युक्रेनी ड्रोन खसालेको जनाएको छ ।

रोस्तोभ क्षेत्रका कार्यवाहक गभर्नरले यी आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको बताएका छन्। यसैबीच, शान्ति योजनाको मस्यौदामा जेनेभामा भएको वार्तापछि रुसी प्रतिनिधिसँग अबुधाबीमा बैठक हुने एक अमेरिकी अधिकारीले बताए ।

जेनेभामा आइतवार प्रारम्भिक प्रस्तावित ट्रम्प शान्ति योजनामा ​​बैठक बसेको थियो र यसलाई परिमार्जन गरिएको थियो, जसलाई अपडेटेड पीस प्लान भनिएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शान्ति योजनासँग आफू ‘व्यापक रूपमा’ सहमत भएको बताएका छन् । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.