काठमाण्डौ । बीमा कम्पनीहरुले कर्मचारी सुविधाका लागि ३ अर्ब रुपैयाँ छुट्याएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १४ जीवन र १४ निर्जीवन कम्पनीले कर्मचारी सेवा सुविधाका लागि ३ अर्ब २ करोड ९५ लाख रुपैयाँ छुट्याएका छन् ।
यो रकम गत आवको तुलनामा ९.७६ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमाससम्ममा बीमा कम्पनीहरुले कर्मचारी सेवा सुविधाका लागि २ अर्ब ७६ करोड रुपैयाँ छुट्याएका थिए ।
समिक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुले १ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब २६ करोड ९ लाख रुपैयाँ कर्मचारीको सेवा सुविधा लागि छुट्याएका छन् । जीवन बीमकहरुको यस्तो रकम १३.४८ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमकहरुको यस्तो रकम ४.९४ प्रतिशत बृद्धि भएको छ ।
बीमा कम्पनीमा कार्यरत कर्मचारीलाई वर्षेनी ‘बोनस व्यवस्था’को सुविधा रहेको हुन्छ । बीमा कम्पनीहरुले प्रकाशित गर्ने वित्तीय विवरणमा ‘कर्मचारी लाभ खर्च’ शीर्षक छुट्याएका हुन्छन् ।
यस्तो शीर्षकको रकम कर्मचारीलाई दिइने बोनसको रुपमा बुझ्न सकिन्छ वा कम्पनीले आफ्ना कर्मचारीलाई सुविधा दिन वा कर्मचारीको फाइदाका लागि खर्चिएको रकम बुझिन्छ । यस्ता खालका रकम नगद वा गैह्र–नगद पनि हुन सक्छ ।
जसमा न्यूनतम पारिश्रमिक प्राप्त गर्ने कर्मचारीहरुलाई स्वास्थ्य बीमा लगायत अन्य लत्ताकपडा वा अन्य वस्तु किनमेल खर्चको समेत व्यवस्था रहेको हुन्छ । साथै केही कम्पनीहरुले कर्मचारीको कामको प्रशंसा वापत समेत यस्ता शीर्षकमा रकम छुट्याएका हुन्छन् ।
जीवन बीमातर्फ सर्वाधिक हिमायन लाइफले बनायो कर्मचारी मख्ख
चालु आवको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले मात्रै १ अर्ब ७६ करोड रुपैयाँ कर्मचारी सेवा सुविधाका लागि रकम छुट्याएको छ ।
जीवन बीमकहरुले यस्तो शीर्षकको रकम गत आवको तुलनामा १३.४८ प्रतिशतले बढाएका छन् । असोज मसान्तसम्म सर्वाधिक हिमालयन लाइफले २५ करोड ९५ लाख रुपैयाँ यस्तो शीर्षकमा रकम छुट्याएको छ ।
त्यस्तै, नेपाल लाइफले २४ करोड ५९ लाख, सुर्यज्योति लाइफले १८ करोड २४ लाख, नेशनल लाइफले १४ करोड ५ लाख, सानिमा रिलायन्सले १२ करोड ६५ लाख, एलआइसी नेपालले ११ करोड ४३ लाख, प्रभु महालक्ष्मीले १० करोड ७२ लाख, सिटिजन लाइफले १० करोड २४ लाख, आइएमई लाइफले १० करोड १४ लाख, रिलायबल नेपाल लाइफले ९ करोड ९५ लाख, मेट लाइफले ९ करोड ८२ लाख, सन नेपाल लाइफले ९ करोड ७६ लाख, एशियन लाइफले ९ करोड २३ लाख रुपैयाँ र राष्ट्रिय जीनव बीमा कम्पनीले ३ लाख रुपैयाँ मात्रै कर्मचारी सुविधाका लागि छुट्याएको छ ।
गत आवको तुलनमा यस्तो रकम दुईवटा कम्पनीको घटेको छ भने १२ कम्पनीको बढेको छ । सबैभन्दा धेरै बढ्नेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको यस्तो रकम ४१.८१ प्रतिशतले बृद्धि भएको छ ।
निर्जीवनतर्फ कुनले कति छुट्याए ?
निर्जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमाससम्म कर्मचारी सेवा सुविधाका लागि १ अर्ब २६ करोड रुपैयाँ छुट्याएको छ । दुई कम्पनी बाहेक सबै कम्पनीले कर्मचारीलाई सुविधा दिने रकम बढाएको छ ।
पहिलो त्रैमाससम्म सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १४ करोड २६ लाख रुपैयाँ कर्मचारी सुविधाका लागि रकम छुट्याएको छ ।
त्यस्तै, सिद्धार्थ प्रिमियरले १४ करोड २४ लाख, शिखरले १२ करोड ६० लाख, आइजीआई प्रुडेन्सियलले ११ करोड २५ लाख, नेकोले १० करोड ३७ लाख, सानिमा जिआइसीले ९ करोड ९९ लाख, हिमालयन एभरेष्टले ९ करोड ८८ लाख, युनाइटेड अजोडले ९ करोड ८० लाख, एनएलजीले ८ करोड २ लाख, राष्ट्रिय बीमा कम्पनीले ७ करोड ९८ लाख, प्रभु इन्स्योरेन्सले ६ करोड ६२ लाख, दि ओरियन्टलले ३ करोड ५८ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले १ करोड ५८ लाख रुपैयाँ छुट्याएको छ ।
गत आवको तुलनामा नेशनल इन्स्योरेन्सले यस्तो रकम सर्वाधिक बढाएको छ । कम्पनीले २७.३१ प्रतिशतले यस्तो रकम बढाएको छ । यस्तै, प्रभु इन्स्योरेन्सले पनि २३.७८ प्रतिशतले यस्तो रकम बढाएको छ ।



.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (50).jpg) 
                                        .jpg) 
                                         
                                         
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                