बुधबार, माघ २३,२०८१ 01:34:21
IME remit
  • बुधबार, माघ २३,२०८१ 01:34:21
IME remit
Global IME Bank Limited

वितरणयोग्य मुनाफा नेगेटिभ रहेको हिमालयन बैंकले पनि लाभांश दिनसक्ने !

Hyundai Nepal
वितरणयोग्य मुनाफा नेगेटिभ रहेको हिमालयन बैंकले पनि लाभांश दिनसक्ने !
Nabil Bank Limited

काठमाण्डौ । वितरणयोग्य मुनाफा नेगेटिभमा रहेको हिमालयन बैंक लिमीटेडले समेत सेयरधनीलाई लाभांश वितरणको पूर्व तयारी थालेको छ । 

हिमालयन बैंक लिमीटेडको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा ७१ करोड बढीले नेगेटिभ छ। 

सिभिल बैंकलाई अक्वायर गरेपछि धेरै बिग्रिएका लोनहरुको प्रभिजन गर्नुपर्दा खराब कर्जा ह्वात्तै बढेर कमाएको नाफामध्ये २ अर्ब १५ करोड बढी इम्पेयरमेन्ट चार्जमा आएपछि वित्तीय विवरणमा कमजोरजस्तो देखिएको हिमालयन बैंकले आफ्नो रिजर्भबाट लगानीकर्तालाई बोनस खुवाउनसक्ने क्षमता राख्छ । 

बैंकका उच्च अधिकारीहरु सिभिल बैंकलाई गाभ्दा पर्चेज गेनको रुपमा प्राप्त भएको रकमलाई प्रयोग गरेर यसपटक समेत आफ्ना लगानीकर्ताको हात खालि नबनाउने रणनीति कार्यान्वयनमा जुटेका स्रोतले बताएको छ ।  

स्रोतकाअनुसार यो बैंकमा बाँड्नमिल्ने रकम १ अर्ब ८० करोड बढी रहेको छ । त्यही रकमलाई प्रयोग गरेर बैंकले यसपटक पनि लगानीकर्तालाई बोनस वितरणको प्रस्ताव अगाडि बढाउने गरी आवश्यक तयारी गरिरहेको छ । 

‘यो रकम प्रयोग गरेर हामीले ६ प्रतिशतसम्म बोनस बाँड्नसक्ने अवस्था देखिन्छ । हामी यही दिशातर्फ अगाडि बढेका छौं ।’ एक सञ्चालकले भने–‘हामी बैंकको वित्तीय विवरणको प्रिलिमिनरी अप्रभूलका लागि नोभेम्बरसम्म राष्ट्रबैंकमा पठाउनेछौं र हाम्रो प्रस्ताव पनि कम्तीमा ६ प्रतिशत जति बोनस सेयर र त्यसमा लाग्ने करबापत नगद लाभांश वितरणको समेत हुनेछ ।’ 

यसर्थ राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग सकारात्मक बने यो वर्ष हिमालयन बैंकका सेयरधनीले पनि लाभांश पाउनसक्ने देखिन्छ । 

ती सञ्चालकका अनुसार राष्ट्रबैंकलाई ‘विशेष अनुरोध’ गरेरै भए पनि पर्चेज गेनको रुपमा आएको रकमबाट लगानीकर्तालाई लाभांश दिइने र आगामी पुसभित्रमै साधारणसभा गरिसक्ने बैंकको योजना छ। 

यो बैंक वित्तीय रुपमा निकै बलियो रहे पनि सिभिल बैंकलाई गाभेपछि खराब कर्जा असूलीमा समस्या आएसँगै केही कमजोरजस्तो देखिएको छ । गत वर्ष धेरैवटा कर्जा समस्यामा परेपछि बैंकले नाफा कमाए पनि त्यसबाट २ अर्ब बढी प्रभिजनको रुपमा छुट्याउनुपर्दा वितरणयोग्य मुनाफामा धक्का लागेको हो । 

‘तर, अहिले खराब कर्जामा गणना भएको ऋण बिस्तारै उठ्छ । त्यसपछि प्रभिजन गरेको रकम समेत फर्किन्छ ।’ ती सञ्चालकले भने–‘तसर्थ आगामी वर्षहरु हाम्रा लगानीकर्ताका लागि उत्साहवद्र्धन हुनसक्छन् ।’ 

Bizshala
CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.