आईतवार, कार्तिक ८,२०८३ 11:17:47
  • आईतवार, कार्तिक ८,२०८३ 11:17:47
Global IME Bank Limited

पहिलोपटक भएको कन्ट्री रेटिङमै नेपालले पायो डबलबी माइनस, 'अर्थतन्त्र सुधारको बाटोमा'

Bizshala
पहिलोपटक भएको कन्ट्री रेटिङमै नेपालले पायो डबलबी माइनस, 'अर्थतन्त्र सुधारको बाटोमा'
New Office

काठमाण्डौ । पहिलोपटक भएको सार्वभौम रेटिङ (कन्ट्री रेटिङ)मा फिच रेटिङ्सले नेपाललाई स्थिर आउटलुकको साथ डबलबी माइनसको रेटिङ प्रदान गरेको छ ।  

फिच रेटिङ्स विश्वका तीन ठूला रेटिङ कम्पनीमध्ये एउटा हो । फिचले अर्थमन्त्री डा. प्रकाशशरण महत भएकै समयदेखिकन्ट्री रेटिङको काम थालेको थियो । ३ महिनाभित्रमा सकिसक्ने भनिएको रेटिङ्सका लागि थप समय लाग्यो र काम सुरु भएको करिब एकवर्षपछि फिचले नेपाललाई ‘डबलबी माइनस’ रेटिङ प्रदान गर्दै नतिजा प्रकाशन गरेको हो ।  

नेपालले पाएको रेटिङ भारतको भन्दा दुई स्थान तल भए पनि अन्य दक्षिण एशियाली मुलुकहरुको तुलनामा उत्कृष्ट हो । यसले नेपालको अर्थतन्त्र सुधारको बाटोमा रहेको र भविष्य अझ उज्वल हुनेतर्फ संकेत गर्ने विज्ञहरुले बताएका छन् । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

फिचले रेटिङ गर्दा नेपालमा विदेशी मुद्रा सञ्चिति र बलियो आर्थिक वृद्धिको सम्भावनालाई मुख्य आधार बनाएको छ । फिचले अल्पकालीन रुपमा नेपालको अर्थतन्त्र स्थिर रहने र थप नबिग्रिने प्रक्षेपण समेत गरेको छ ।  

फिचले आफ्नो रिपोर्टमा बाह्य ऋणको बढ्दो बोझ, बलियो बाह्य तरलता र जलविद्युत क्षेत्रले रेखदेख गरेको ठोस वृद्धिका सम्भावनाहरुलाई समेत आधार बनाएको छ । उसले नेपालजस्तो एक अविकसित अर्थतन्त्रका लागि भविष्यमा बाह्य कारण र प्राकृतिक प्रकोपहरुको जोखिम भने सधैं रहने समेत भनेको छ । 'प्रतिव्यक्ति जीडीपी र सुशासन मेट्रिक्स मध्यमभन्दा तल छन्, तर सन् २००६ मा सशस्त्र द्वन्द्वको अन्त्य र त्यसपछिको राजनीतिक सङ्क्रमणपछि भने सुधार भइरहेको छ।'- फिचले भनेको छ । 

Garima Development Bank
Bizshala
IME remit

फिचले २०२४ को १५ जुलाईमा समाप्त हुने आर्थिक वर्षमा केन्द्रीय सरकारी ऋणले जीडीपीको ४४ प्रतिशत नाघिसकेको भए पनि पूर्वानुमान गरिएकोजस्तो ५५ प्रतिशत नपुगेको समेत भनेको छ । 'नेपालको आइएमएफ समर्थित कार्यक्रमअन्तर्गत आर्थिक वृद्धि र वित्तीय अवस्थामा आएको वृद्धिको बीचमा आगामी वर्षहरुमा ऋण विस्तार हुँदै जाने देखिन्छ । गैरवित्तीय र आकस्मिक दायीत्वहरु सीमित देख्छिन् । यद्यपि अनुगमन र निरीक्षण कार्य भने अझै व्यापक भएको छैन ।' रिपोर्टमा फिचले अगाडि भनेको छ-'नेपालका प्रदेशहरूमा हाल कुनै ऋण छैन, र सरकारी स्वामित्वको उद्यम ऋणको ठूलो हिस्सा सरकारबाट लिइएको छ। रिपोर्ट गरिएको ऋणले ग्यारेन्टीहरू समावेश गर्दछ।'

संघीय सरकारको ब्याज भुक्तानी राजश्वको लगभग ८ प्रतिशतसम्म पुगेको, तर यो पनि पूर्वानुमानभन्दा कमै रहेको फिचको तर्क छ । सरकारी ऋणको ४० प्रतिशतभन्दा बढी हिस्सा बाह्य र अत्यधिक सहुलियतपूर्ण रहेको र यसको औसत परिपक्व हुने अवधि लगभग १३ वर्ष र औसत ब्याजदर लगभग १ प्रतिशत मात्र रहेको उल्लेख गरिएको छ । 'तीन वर्षभन्दा कमको परिपक्वता भएको घरेलु ऋणमा पनि वास्तविक ब्याजदर कम छ। यसले तरल बैंकिङ क्षेत्रलाई प्रतिबिम्बित गर्दछ जुन ठूलो रेमिटेन्स प्रवाह र कम नीति दरहरू द्वारा वित्त पोषित छ जुन पूँजी नियन्त्रणको साथ छ।'-रिपोर्टमा भनिएको छ ।

'सन् २०२६ मा अल्पविकसित देशको हैसियतबाट उत्तीर्ण भएपछि नेपालले अझै पनि सहुलियतपूर्ण कोषको बलियो उपलब्धताको आनन्द लिने अपेक्षा गर्छौं।'- फिचले थपेको छ ।  

कुनै मुलुकको ऋण योग्यता र लगानीको वातावरणको स्वतन्त्र मूल्यांकनका लागि सार्वभौम क्रेडिट रेटिङ गरिन्छ । क्रेडिट रेटिङ एजेन्सीहरुले विभिन्न मापदण्डका आधारमा यस्तो मूल्यांकन गर्ने गर्छन् । विश्वमा देशको क्रेडिट रेटिङ गर्ने तीन ठूला कम्पनी एजेन्सी छन् । ती हुन् ः स्टान्डर्ड एन्ड पुअर्स (एस एण्ड पीज), मुडिज र फिच ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.