आईतवार, फाल्गुन ११,२०८१ 04:19:12
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:19:12
IME remit
Global IME Bank Limited

नेप्सेको बाउन्स ब्याक, जानकार भन्छन्–‘वेभ-३ले बजार २५००सम्म पुग्न सक्छ’

Hyundai Nepal
नेप्सेको बाउन्स ब्याक, जानकार भन्छन्–‘वेभ-३ले बजार २५००सम्म पुग्न सक्छ’
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ। 

बजार आज ४४.३० अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९८६.९९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.७३ अंकले बढेर ३८१.६४ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर डेढ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार अजयसिंह थापा (जयशम्भु) धेरै दिनदेखि घटेको बजार फर्किनु सकारात्मक नै रहेको बताउँछन्। ‘स्थानीय निकायको पैसा निक्षेपका रुपमा गणना गर्न पाउने र सरकारले ठेकेदारहरुको बक्यौता रकम भुक्तानी गर्ने विषयले बजारमा तरलता बढ्ने कुराले लगानीकर्ता हौसिँदा बजार बढेको हो’, उनले भने। 

‘प्राविधिक रुपमा बजार माइनरको वेभ–२ न्यूनतम १८५० सम्म पनि आउन सक्ने सम्भावना थियो’, थापाले भने, ‘तर, त्यहाँभन्दा माथिबाटै फर्किएकोले बजारमा अब वेभ–३ चल्दै गरेको मान्न सकिन्छ’, उनले भने, ‘यदि २००० भन्दा माथि–माथि नै कारोबार हुन्छ भने बजार २५०० सम्म पुग्न सक्छ’, उनले भने। 

सबै कुरा सकारात्मक बन्दै गएमा बजार माथि नै जाने थापाको तर्क छ।

अर्का बजार उपेन्द्र पाठक लगातार घटेको बजारको आज बढ्नुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन्। ‘स्थानीय निकायको पैसा बैंकले निक्षेपका रुपमा गणना गर्न पाउने व्यवस्था कार्यान्वयन हुँदैछ’, उनले भने, ‘यसले ब्याजदर घट्ने पनि सम्भावना उत्तिकै छ। त्यसैले बजारमा सकारात्मक प्रभाव परेको हो।’

अब ब्याजदर सिंगल डिजिटमा आए बजार माथि नै जाने पाठकको भनाइ छ। ‘अर्थमन्त्री आफैँले १२ करोडको क्याप हटाउने र जोखिम भार घटाउने कुरा गरेका छन्’, उनले भने, ‘त्यसैले सबै कुरा सहज हुँदै गएको अवस्थामा बजारले लय समात्ने देखिन्छ’, उनले भने। 

अहिले बजारमा तरलता फालाफाल रहेको बजार घट्नुपर्ने कारण नरहेको पाठकको तर्क छ। ‘अनुभव कम भएका लगानीकर्ताले सेयर बेच्दा बजारमा दबाब सिर्जना भएको थियो’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन वित्त समूह सर्वाधिक ३.६५ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह ३.६३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.९६ प्रतिशत, विकास बैंक समूहमा २.३४ प्रतिशत, होटल तथा पर्यटन समूहमा ३.४५ प्रतिशत, जलविद्युत समूहमा २.९९ प्रतिशत, लगानी समूहमा २.०१ प्रतिशत, जीवन बीमा समूहमा २.८८ प्रतिशत, उत्पादन तथा प्रशोधन समुहमा २.२४ प्रतिशत, लघुवित्त समूहमा १.६७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५१ प्रतिशत, निर्जीवन बीमा समूहमा २.८८ प्रतिशत र अन्य समूहमा १.३८ प्रतिशतको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७८ कम्पनीका ४७ लाख ४२ हजार ५११ कित्ता सेयर १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन साल्ट ट्रेडिङको सर्वाधिक ६ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एभरेस्ट बैंकको ५ करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको आज सोल्टी होटेलको ५ करोड २४ लाख रुपैयाँ, चिलिमे जलविद्युतको ५ करोड २३ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ९७ लाख रुपैयाँ, नबिल बैंकको ४ करोड १३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ९६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको ३ करोड ५२ लाख रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सको ३ करोड ४९ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकको ३ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। थ्री स्टार हाइड्रोपावर, मन्छियाम हाइड्रोपावर, मोलुङ हाइड्रोपावर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। 
यो दिन सूर्योदय वोमी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा ३ प्रतिशत बढीको गिरावट आएको छ। 

Shivam Cement
CG Motors
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.