बुधबार, आश्विन २८,२०८३ 09:27:26
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 09:27:26
Bizshala
Global IME Bank Limited

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

Bizshala
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा विराटनगरमा एक दिने बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा करीब १०३ जनाको उपस्थिति रहेको थियो ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स मुख्य कार्यालयको तर्फबाट प्रतिनिधि राजेन्द्र पाठकले दैनिक जीवनका जोखिमहरु, जोखिम व्यवस्थापनमा बीमाको महत्वका साथै लघुबीमाको आवश्यकता र हाल प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले प्रचलनमा ल्याएका लघुबीमालेखको बारेमा प्रस्तुती दिएका थिए ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कार्यक्रममा बोल्दै पुष्पा खनालले प्राधिकरणको प्राथमिकताको क्षेत्रमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सहकार्य गरी कार्य गरेकोमा खुसी व्यक्त गरिन् भने प्रमुख अतिथिले निर्जीवन बीमाको क्षेत्रमा भन्झट रहित दाबी भुक्तानी प्रक्रियासहितको प्रस्तुतीका लागि धन्यवाद व्यक्त गरे ।

कार्यक्रमको समापनको क्रममा अध्यक्ष निरौलाले सहज सहकार्यका लागि प्रोटेक्टिभ माइक्रोका इटहरी प्रमुख धना भट्टराईलाई धन्यवाद ज्ञापन गर्दै छिट्टै नै कार्यगत एकता गरेर महासंघ सँग आवद्ध सम्पूर्ण व्यवसायीहरुलाई लघुबीमाको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड २०७९ पौष १२ गते कम्पनी रजिष्ट्रार कम्पनीमा दर्ता भई २०७९ चैत्र २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित प्राप्त लघुनिर्जीवन बीमा कम्पनी हो । धनगढी कैलालीमा मुख्य कार्यालय रहेको यस कम्पनीले कोशी प्रदेशको इटहरी, विराटनगर, उर्लावारी र विर्तामोडमा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.