शनिबार, जेष्ठ २,२०८३ 10:41:49
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 10:41:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा भएको चलखेलको विषयमा धितोपत्र बोर्डले थाल्यो छानबिन

Laxmi Sunrise Bank Limited
कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा भएको चलखेलको विषयमा धितोपत्र बोर्डले थाल्यो छानबिन
Shivam Cement

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमीटेडको वित्तीय अवस्था धरासायी भई नेपाल राष्ट्रबैंकले शीघ्र सुधारात्मक कारबाही गरेको भोलिपल्टै चलखेल गरी सेयरमूल्यमा अपर सर्किट लगाइएको विषयमा बजारको प्रमुख नियामक धितोपत्र बोर्डले अनुसन्धान थालेको छ।  

राष्ट्रबैंकले शीघ्र सुधारात्मक कारबाही गरी नयाँ निक्षेप संकलन, थप कर्जा प्रवाह तथा नयाँ बचत खाता खोल्न ६ महिनासम्म रोक लगाउँदै शीघ्र सुधारात्मक कारबाही गरेको भोलिपल्टै केही समूहको मिलेमतोमा कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लगाइएको थियो । सोही विषयमा धितोपत्र बोर्ड एक्सनमा उत्रिदै सो दिनको कारोबारको विवरण बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्जसँग मागेको हो । 

Bizshala
New Office
CG Motors

धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बिहीबार नै नेप्सेलाई एक पत्र लेख्दै कर्णाली डेभलपमेन्ट बैंकको शीघ्र सुधारात्मक कारबाही गरेको भोलिपल्टको सेयर कारोबारको विवरण मागिएको जानकारी दिए ।  

‘बजारबाट गुनासो आएपछि सो विषयमा के भएको हो भनेर हामीले हेर्न खोजेका हौं ।’ घिमिरेले भने–‘नेप्सेले कारोबार विवरण पठाएपछि थप अनुसन्धान गर्नेछौं ।’  

नेपाल राष्ट्रबैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले २०८१ मंसिर ११ गते एक सूचना प्रकाशित गर्दै कर्णाली डेभलपमेन्ट बैंक लिमीटेडलाई थप निक्षेप लिन तथा कर्जा प्रवाह गर्न र नयाँ निक्षेप खाता खोल्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको बताएको थियो ।  

कर्णाली डेभलपमेन्ट बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा यस बैंकले तोकेबमोजिमको न्यूनतम पूँजीकोष अनुपात कायम नहुने, निस्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारण देखाउँदै केन्द्रीय बैंकले कारबाही गरेको भोलिपल्टै सो बैंकको सेयरमूल्यमा अपर सर्किट लगाइएको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

सो दिन बैंकको २ लाख ५० हजार ४३९ कित्ता २० करोड १३ लाख बढीमा कारोबार भएको थियो । सो दिन ब्रोकर नम्बर ४१ र ७२ बाट कर्णाली डेभलपमेन्ट बैंकको सेयर बढी कारोबार भएको थियो । सो दिन कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा अपर सर्किट लाग्दा ७६.९० रुपैयाँले मूल्य बढी प्रतिकित्ता सेयरमूल्य ८४५.९० रुपैयाँ पुगेको थियो ।  

यो प्रकरणलाई नेपालको सेयर बजारको ‘कुरुप तस्विर’को रुपमा विश्लेषण गर्न थालिएको छ । नेपालको बजार कति अपारदर्शी छ भन्ने कुरा यो प्रकरणबाट देखिने भन्दै बजारका विज्ञहरुले यसको तीव्र विरोध गरिरहेका छन् । साना पूँजी भएका जस्तोसुकै खराब कम्पनीमा पनि खेलाडीले चाहे भने अपर सर्किट लगाइदिनसक्छन् भन्ने उदाहरण यसबाट थप प्रष्टिएको भन्दै यो प्रकरणमा लगानीकर्ताको स्तरबाट समेत छानबिनको माग हुँदै आएको थियो । बजारको मागलाई सम्बोधन गर्दै धितोपत्र बोर्डमा नयाँ अध्यक्षको रुपमा आएका सन्तोषनारायण श्रेष्ठको निर्देशनमा अनुसन्धान थालिएको बताइएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.