काठमाण्डौ । होटल जंगल क्राउनले १६ करोड लगानी थप गरी ४० कोठाको नयाँ भवन निर्माण गगर्ने भएको छ । सौराहाको बाघमारामा रहेको होटलला स्तरोन्नति गर्ने योजनाअन्तर्गत चार तारे बनाउन लागिएको हो ।
नयाँ बन्ने तीन तल्लाको ४० कोठे भवनको हाटलका अध्यक्ष तिलचन्द्र भट्टराई र पूर्वपर्यटन मन्त्री प्रेम आलेले संयुक्त रुपमा शिलान्यास गरेका छन् । १० वर्ष पहिलो सञ्चालनमा आएको यो होटलमा अहिले ४३ कोठा छन्। यो होटल हाल २ विघा बढी क्षेत्रफलमा फैलिएको छ ।
होटललाई स्वीमिङ पुल, स्पा र हेल्थ क्लबको समेत सुविधा दिने गरी सरकारले तोकेको मापदण्ड पूरा गरेर चार तारेमा स्तरवृद्धि गर्न लागिएको छ । नयाँ बन्ने भवनमा फरक–फरक स्वाद र परिकारका रेष्टुरेन्ट, ५ सय बढी क्षमताको मिटिङ हल, ४ वटा स्वीट रूमसहित ३६ वटा डिलक्स कोठा हुनेछन्।
होटलको स्तरोन्नति २ वर्षभित्र सकिसक्ने लक्ष्य लिइएको छ ।