शुक्रबार, श्रावण २९,२०८३ 11:02:02
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:02:02
Bizshala
Global IME Bank Limited

लक्ष्मी सनराइज क्यापिटलको साधारण सभाबाट रु.७.७२ करोडबराबरको नगद लाभांश पारित

Prabhu Bank Limited
लक्ष्मी सनराइज क्यापिटलको साधारण सभाबाट रु.७.७२ करोडबराबरको नगद लाभांश पारित
New Office

काठमाण्डौ । लक्ष्मी सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सञ्चालित लक्ष्मी सनराईज क्यापिटलले आफ्नो १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको सभा मंसिर १६ गते आइतवारका दिन लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाण्डौमा सम्पन्न भएको हो ।  

आव २०८०/०८१ मा लक्ष्मी क्यापिटल मार्केट र सनराईज क्यापिटल एक आपसमा गाभिई विस २०८० पुस २३ गतेबाट संयुक्त कारोबारको थालनी गरिएको र दुई कम्पनीको मर्जरपश्चात कम्पनीको चुक्तापुँजी ४८ करोड ८९ लाख कायम भएको छ ।  

वार्षिक साधारण सभामा आव २०८०/०८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको वासलात,नाफा–नोक्सान हिसाब,नगद प्रवाह विवरणसम्बन्धी प्रस्ताव र आव २०८१/०८२ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखा परिक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित भएका छन् ।  

CG Motors

साथै, मर्जर पश्चात आव २०८०/०८१ को एकीकृत वासलातबमोजिम प्रतिसेयर आम्दानी १९.६० प्रतिशत रहेकोमा वितरण योग्य आम्दानी १७.८९ प्रतिशत मध्येबाट आफ्ना सेयरधनीहरुलाई १५.७९ प्रतिशत अर्थात् १५% कर बाहेक नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित भएको छ ।  

तीन दशकभन्दा अधिक समयदेखि मर्चेण्ट बैंकिङ सेवामा संलग्न रहेको यस कम्पनीले हाल सम्म सबै भन्दा बढी संस्थाहरुको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य सम्पन्न गरेको दाबी गरेको छ । हाल २० वटा कम्पनीहरुको सेयर निष्काशनको क्रममा रहेको छ । कम्पनीले करिब २५० जना ग्राहकहरुको ७० करोड भन्दा बढी रकमको पोर्टफोलियो व्यवस्थापन गर्दै आईरहेकोे छ र कम्पनी करिब ३ लाख ५० हजार निक्षेप सदस्यहरुको डिम्याट खाता खोल्न सफल भएको छ ।  

कम्पनीले करिब ७ अर्बबराबरको ६ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आईरहेकोमा गत जेठ २८ गते १ अर्ब २५ करोड रकमबराबरको सात वर्ष अवधिको लक्ष्मी इक्विटी फण्ड परिपक्व भई सात वर्षको अवधिमा ईकाईधनीहरुलाई जम्मा ६३.६५ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको र परिपक्व भएपश्चात सोका ईकाइधनीहरुलाई रु ११.१४ प्रतिईकाइका दरले रकम फिर्ता भुक्तानी गरेको छ । बाँकि ५ वटा योजनाले आव २०८०/०८१ को मुनाफाबाट ४.५० देखि १२.५० प्रतिशत प्रतिफल वितरण गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.