काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको हकप्रद सेयर खरिदका लागि योग्य हुन आजसम्म सेयरधनी कायम बन्नु पर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि मंसिर १८ गते बुक क्लोज गर्दैछ ।
यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यो हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ को १ः१ अनुपातमा प्रति कित्ता १०० रुपैयाँ अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंसिर ९ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको हो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                